सात सय वर्षदेखि रहष्यमा एउटा खतरनाक पुस्तक | Khabarhub Khabarhub

सात सय वर्षदेखि रहष्यमा एउटा खतरनाक पुस्तक



काठमाडौँ- शिक्षित मानिस जान्ने भएदेखि नै पुस्तक पढ्न थाल्छ। स्कुल र कलेजका कोर्स बुक त भइहाल्यो, अतिरिक्त विषयका अनेक पुस्तकले बुढेशकालसम्म छाड्दैन।

एकपटक पुस्तकका बारेमा एक पश्चिमा विज्ञले भनेका थिए, ‘यो पृथ्वीमा एक दिनमा जति पुस्तक प्रकाशित हुन्छन्, त्यसलाई पढ्न एउटा मान्छेलाई सूर्यको आयुले पनि पुग्दैन।’

विश्वमा प्रकाशित हुने अधिकांश पुस्तक पठनीय हुन्छन्। लेखकले पनि आम पाठकले पढून भनेर नै पुस्तक लेख्ने गर्छन्। जस्तो पायो त्यस्तो पुस्तक प्रकाशनमा राज्यले छुट पनि दिँदैन। तर, यहाँ विश्वकै सबैभन्दा खतरनाक पुस्तकका बारेमा चर्चा गरिएको छ, जसलाई अहिलेसम्म कसैले पढ्न सकेको छैन।

पुस्तक कति खतरनाक भने, पढ्यो कि पाठकलाई दशा लागिहाल्छ। आजसम्म जसले यो पुस्तक पढ्यो, उसको मानसिक सन्तुलन गुम्यो या उसको मृत्यु भयो।

हो ‘शैतान’ को प्रेरणाले लेखिएको भनिएको एउटा खतरनाक पुस्तक अहिले पनि स्वीडेनको एक संग्राहलयमा सुरक्षित छ। ७ सय वर्ष पुरानो यो पुस्तक अझै पनि रहस्यमै छ।

किंवदन्ती हैन, यथार्थ हो। यो पुस्तक अहिले पनि लाइब्रेरीमा सुरक्षित छ। पुस्तकमा भएका शब्दहरु नै प्रमाण हुन् र यसका केही हरफ पढनेहरुले भनेका छन्, ‘जब मैंले पुस्तक पढन थालें, त्यसपछि पुस्तकका एक–एक अक्षरहरु हावामा उडन थाले, ती अक्षरमा आगोका गोला थिए। मैंले थप पढ्नै सकिन।’

दानवी शक्तिको प्रेरणाले लेखिएको पुस्तक भएकाले यसको नाम राखियो, ‘डेभिल्स बाइबल’। यो पुस्तक जसको हातमा पुग्यो, उसको बर्बादी भयो।

पुस्तकका बारेमा अनेक किस्सा छन्। भनिन्छ, यो पुस्तक एक शैतानले लेखेका थिए। कस्तो अचम्म, के कुनै शैतानले पुस्तक लेख्छ ? पुस्तक लेख्नेहरु त दैविक प्रतिभाशाली, बौद्धिक र मानव कल्याणकारी हुन्छन्। आखिर शैतानलाई पुस्तक लेख्नुपर्ने आवश्यकता किन पर्‍यो ?

अर्को किस्सा छ, यो पुस्तक एक रातमै लेखिएको हो। तर पुस्तकमाथि रिसर्च गर्ने विज्ञले भने, ‘एउटै व्यक्तिले एक रातमै एकै हस्तलेखनमा यति बृहत पुस्तक लेख्न सम्भव छैन।’

एउटै व्यक्तिले लेखेको भए पनि ‘डेभिल्स बाइबल’ लेख्न कम्तीमा २५ वर्ष लाग्छ। अझ रोचक तथ्य त के हो भने यो पुस्तक खाली कागजमा हैन, जनावरको छालामा लेखिएको छ।

शैतानले लेखेको भन्ने किस्साका आधारमा पुस्तकलाई ‘डेभिल्स बाइबल’ भन्ने गरिए पनि यसको खास नाम ‘कोडेक्स गिगास’ हो। कुल ३१० पृष्ठको पुस्तकका सबै पृष्ठ छालाका हुन्। यो पुस्तक लेख्न १६० वटा गधाको उपयोग गरियो। गधाकै छालामा पुस्तक लेखियो। ३६ इन्च लम्बाइ र २३ इन्च चौडाईको पुस्तकको तौल करिब ८५ किलो छ, जसलाई एक व्यक्तिले एक्लै उठाउन सक्दैन, कम्तिमा दुई जना चाहिन्छ।

यस्तो छ किस्सा

यो किस्सा १३ औं शताब्दीको हो। तात्कालीन चेक गणराज्यमा तिनताक एकजना सन्यासी थिए, जो एउटा मठमा बस्ने गर्थे। केही समयपछि सन्यासीले मठको नियम उल्लंघन गर्न थाले। सन्यासीले मठको नियम तोडेर अनेक हर्कत गर्न थालेको खबर त्यहाँका राजासम्म पुग्यो।

सन्यासीलाई नियम उल्लंघनको अपराधका लागि सजाय सुनाउन राजा समक्ष प्रस्तुत गरियो। राजाले छानविन समिति गठन गरे। छानविनका क्रममा सन्यासीले मठको नियम तोडेको प्रमाणित भएपछि राजाले उनलाई मृत्यु दण्डको सजाय सुनाए।सन्यासीको मृत्यु पक्का भइसकेको थियो।

यस्तैमा सन्यासीले राजा समक्ष आफ्नो अन्तिम इच्छा जाहेर गरे। सन्यासीले भने, ‘म यस्तो पुस्तक लेख्नेछु, जुन मानव जातीका लागि एउटा राम्रो पुस्तक हुनेछ र यसले सदा मठको गौरव बढाउनेछ।’

राजाले पनि शर्त राखे, ‘ठिकै छ, तर तिमीले यो पुस्तक एक रातमा लेख्नुपर्नेछ। यदि एक रातमै पुस्तक लेख्न सकेको खण्डमा भोलिपल्ट म तिम्रो सजाय माफ गरिदिनेछु र जीवितै रिहा गरिदिनेछु।’सन्यासीले राजाको शर्त स्वीकार गरे। अब उनी पुस्तक लेख्न भनेर बसे। तर आधा रातसम्म उनले एक अक्षर लेख्न सकेनन्। उनले हार माने। पुस्तक लेख्न नसक्ने ठहरमा पुगे। अब उनीसँग दुई विकल्प बाँकी थियो, बिहानसम्म पर्खने र मृत्यु वरण गर्ने या पुस्तक लेखनको शर्त फत्ते गर्ने।

यसैबिच सन्यासीले एक विशेष प्रार्थना गरे। उनले विशेष पूजामार्फत शैतानलाई बोलाए। शैतान सन्यासी सामु प्रकट भयो।‘हे शैतान महोदय, बिहान हुनुअघि मेरो पुस्तक लेखेर तयार गरिदिने हो भने म तिमीलाई आफ्नो आत्मा नै सुम्पनेछु’, सन्यासीले बिन्ती बिसाए।

शैतानले सन्यासीको प्रस्ताव स्वीकार गर्दै एउटा पुस्तक लेखेर पुरा गरिदिन्छ। बिहान जसै सन्यासीले पुस्तकको पृष्ठ पल्टाए, पहिलो पृष्ठमै शैतानको तस्बिर थियो। यसका साथै सूर्य, चन्द्रमा र स्वर्गको पनि तस्बिर थियो। पढनेहरुले बताए अनुसार पुस्तकमा असल र खराब पक्षबारे चर्चा गरिएको छ। पुस्तकमा शैतानको पूजा गर्ने तौरतरिका बताइएको छ। शैतानलाई मान्नुपर्ने कारण खुलाइएको छ।

शर्त बमोजिम बिहान शैतानले सन्यासीको आत्मा आफ्नो कब्जामा लिइहाल्यो। जब राजाका भारदार आए, उनीहरुले एउटा बृहत पुस्तक देखे। जसै उनीहरुले त्यो पुस्तकका पाना पल्टाए, उनीहरुमध्ये कयौंले आफ्नो मानसिक सन्तुलन गुमाए भने केहीको मृत्यु पनि भयो। पहिलो दिनदेखि नै पुस्तक चर्चामा आयो।

सात सय वर्षपछि पनि रहष्यमै

यो त चल्तीको किस्सा भयो। पुस्तक चेक गणराज्य (चेकोस्लोभाकिया) को एक लाइब्रेरीमा अहिले पनि सुरक्षित छ। पुस्तक कसरी लेखियो, कसले लेख्यो भन्ने पक्ष अझै रहस्यमै छ। चेक गणराज्यका केही पनि मानिस मान्न तयार थिएनन् कि त्यो पुस्तक एकै रातमा लेखिएको हो भनेर। यस्तोमा आम मानिसलाई लाग्यो, पक्कै पनि यो शैतानले लेखेको हुनुपर्छ।

समय बित्दै गयो। पुस्तकका बारेमा अनुसन्धान सुरुभयो। पुस्तक एकै व्यक्तिले एकै हातले लेखेको चाहिँ पक्का थियो। तर, एक रातमै ३१० पृष्ठको पुस्तक कसरी लेख्न सकिन्छ ? भन्ने प्रश्न उठ्यो। अनुसन्धानका क्रममा उजागर भयो, यदि एउटा व्यक्ति लगातार लेख्न बस्यो भने पनि यो ८५ किलोको पुस्तक तयार गर्न कम्तीमा २५ वर्ष लाग्छ, ८ घन्टामै यो पुस्तक लेख्न संभव छैन।

अतः अनुसन्धानबाट पनि यो चानचुने पुस्तक नभएको र पक्कै पनि कुनै शैतानले नै लेखेको हुनसक्ने तर्कले बल पायो। यसपछि नै यसको नाम राखियो, ‘डेभिल्स बाइबल।’

अब पुस्तकका बारेमा अनेक अडकलबाजी र किस्साहरु सुनिन थाले। एउटा खबर के पनि आयो भने, यो पुस्तक विश्वको पहिलो र अहिले पनि सक्रिय रहेको भनिएको भूमिगत खुफीया संजाल ‘इलुमिनाती’कै एक हिस्सा हो। यो पुस्तकमा कोड भाषामा यस्ता शूत्रहरु लेखिएका छन्, जसलाई बेलाबेलामा इलुमिनाती गिरोहका मानिसहरुले उपयोगमा ल्याउने गर्छन्।

किस्सा अनेक हुनसक्छन्, ती झूठ या सत्य जे पनि हुन सक्छन्। तर, पुस्तक अहिले पनि लाइब्रेरीमा छ, रहष्यकै रुपमा। शैतानले नभएर कुनै मानिसले नै लेखेको हो भने पनि उसले गधाको छालामै किन लेख्यो ? पुस्तकको पहिलो पृष्ठमा शैतानको चित्र किन बनायो ? त्यति बृहत पुस्तकमा खासमा के छ ? आखिर पुस्तक लेख्नुको प्रयोजन के थियो ?

यस्ता अनेक कौतुहलको हल हुन सकेको छैन। ७ सय वर्ष पुरा भइसक्दा पनि पुस्तकको रहष्यबाट कसैले पनि पर्दा उठाउन सकेको छैन। बिसौं वर्षसम्म यो पुस्तकको रिसर्च गर्नेहरुले पनि ठम्याउन सकेनन् कि कसले किन र के प्रयोजनका लागि यो पुस्तक लेखेको हो ? त्यसैले अहिले पनि यसलाई ‘शैतानको खतरनाक पुस्तक’का रुपमा लिइन्छ, जसमा नकारात्मक शक्तिलाई बढावा दिनुपर्ने दर्शन छ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ५७ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर