आईपीएलमा गुजरातको शानदार सुरुवात : लखनउ पाँच विकेटले पराजित « Khabarhub

आईपीएलमा गुजरातको शानदार सुरुवात : लखनउ पाँच विकेटले पराजित


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा नयाँ टोली गुजरात टाइटन्सले शानदार सुरुवात गरेको छ।

सोमबारको खेलमा आइपीएलमा सहभागी अर्को नयाँ टोली लखनउ सुपर जाइन्टलाई पाँच विकेटले हराउँदै गुजरातले शानदार सुरुवात गरेको हो।

सोमबार वान्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पूरा गरेको हो। गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

गुजरातका लागि राहुल टेवाटियाले सर्वाधिक ४० रन बनाए। कप्तान हार्दिक पान्डय ३, डेभिड मिलर र म्याथ्यु वेडले ३०–३० रन बनाउँदा अभिनव मनोहरले अविजित १५ रन जोडे। लखनउका दुश्मन्था चामिराले २ विकेट हातपारे।

पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो।

लखनउका लागि दीपक होडा ५५ रन र आयुस बाडोनी ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कुर्नाल पाण्डले अविजित २१ रन बनाए।

गुजरातका मोहमद शामीले ३ तथा आरोन ब्ररुणले २ विकेट लिए। जितसँगै नयाँ टिम गुजरातले दुई अंक जोडेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ०० बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको