‘म अझै धेरै खेल खेल्न सक्छु जस्तो लाग्छ’  « Khabarhub

‘म अझै धेरै खेल खेल्न सक्छु जस्तो लाग्छ’ 


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको खेल जीवनबारे धेरैलाई चासो हुन्छ । उनले कतार विश्वकप २०२२ पछि पनि अन्तर्राष्ट्रिय खेल जीवनलाई निरन्तरता दिन्छन् वा दिँदैनन् भन्नेबारे धेरैले विभिन्न अड्कलबाजी गरिरहेका छन्।

तर उनी स्वयम्‌ले भने यो निर्णय आफूमा निर्भर रहने भएकाले अनावश्यक प्रचार नगर्न आग्रह गरेका छन् । यदि उनले यसै विश्वकपलाई अन्तिम अन्तर्राष्ट्रिय  खेल मान्ने निर्णय गरेमा ३७ वर्षे रोनाल्डोका लागि यो नै अन्तिम विश्वकप हुनेछ ।

‘मलाई कतार विश्वकपपछि खेल जीवनलाई निरन्तरता दिनु हुन्छ वा हुँदैन भनेर धेरैले सोध्ने गरेका छन्’,रोनाल्डोले भने, ‘मेरो भविष्यका बारेमा अरूले के भन्छन् मलाई थाहा छैन । मैले नै मेरो भविष्यका बारेमा निर्णय लिने हो अरूले होइन । म अझै धेरै खेल खेल्न सक्छु जस्तो लाग्छ ।’

रोनाल्डोले यसअघि चार पटक विश्वकप खेलिसकेका छन् । रोनाल्डोले पोर्चुगलका लागि एक सय ८५ खेलमा एक सय १५ गोल गरेका छन् ।

कतार विश्वकप २०२२ को प्लेअफ फाइनलमा पोर्चुगलले आज राती नर्थ मासेडोनियाको सामना गर्दैछ । यो पटक छनोट भए रोनाल्डोले लोथार म्याथ्युज, राफेल मार्कवेज एन्टोनियो कार्भाहल र जियानलुइगी बुफोनमा नाममा रहेको पाँच पटक विश्वकप सहभागिताको कीर्तिमानसँग बराबरी गर्नेछन् ।

सन् १९९८ पछि पोर्चुगल विश्वकपको सबै संस्करणमा छनोट हुँदै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : ४२ बजे

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले