'म अझै धेरै खेल खेल्न सक्छु जस्तो लाग्छ'  | Khabarhub Khabarhub

‘म अझै धेरै खेल खेल्न सक्छु जस्तो लाग्छ’ 


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको खेल जीवनबारे धेरैलाई चासो हुन्छ । उनले कतार विश्वकप २०२२ पछि पनि अन्तर्राष्ट्रिय खेल जीवनलाई निरन्तरता दिन्छन् वा दिँदैनन् भन्नेबारे धेरैले विभिन्न अड्कलबाजी गरिरहेका छन्।

तर उनी स्वयम्‌ले भने यो निर्णय आफूमा निर्भर रहने भएकाले अनावश्यक प्रचार नगर्न आग्रह गरेका छन् । यदि उनले यसै विश्वकपलाई अन्तिम अन्तर्राष्ट्रिय  खेल मान्ने निर्णय गरेमा ३७ वर्षे रोनाल्डोका लागि यो नै अन्तिम विश्वकप हुनेछ ।

‘मलाई कतार विश्वकपपछि खेल जीवनलाई निरन्तरता दिनु हुन्छ वा हुँदैन भनेर धेरैले सोध्ने गरेका छन्’,रोनाल्डोले भने, ‘मेरो भविष्यका बारेमा अरूले के भन्छन् मलाई थाहा छैन । मैले नै मेरो भविष्यका बारेमा निर्णय लिने हो अरूले होइन । म अझै धेरै खेल खेल्न सक्छु जस्तो लाग्छ ।’

रोनाल्डोले यसअघि चार पटक विश्वकप खेलिसकेका छन् । रोनाल्डोले पोर्चुगलका लागि एक सय ८५ खेलमा एक सय १५ गोल गरेका छन् ।

कतार विश्वकप २०२२ को प्लेअफ फाइनलमा पोर्चुगलले आज राती नर्थ मासेडोनियाको सामना गर्दैछ । यो पटक छनोट भए रोनाल्डोले लोथार म्याथ्युज, राफेल मार्कवेज एन्टोनियो कार्भाहल र जियानलुइगी बुफोनमा नाममा रहेको पाँच पटक विश्वकप सहभागिताको कीर्तिमानसँग बराबरी गर्नेछन् ।

सन् १९९८ पछि पोर्चुगल विश्वकपको सबै संस्करणमा छनोट हुँदै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : ४२ बजे

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३

मनसुनजन्य विपदमा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र

वातावरणका लागि हरित ऊर्जा विस्तारसम्बन्धी नीतिगत संवाद

काठमाडौं– वातावरणका लागि हरित ऊर्जा विस्तारसम्बन्धी नीतिगत संवाद कार्यक्रम सम्पन्न

बाढी पहिराका कारण १९ राजमार्ग अवरुद्ध

काठमाडौं – भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय