हाम्रो देशको नेताहरुलाई आर्थिक ज्ञान दिऔँ | Khabarhub Khabarhub

हाम्रो देशको नेताहरुलाई आर्थिक ज्ञान दिऔँ

‘यसरी नेपाल बन्छ भन्ने आशा मैले राख्दिन’



म अर्थशास्त्री त होइन । इकोनोमिक क्षेत्रमा काम गरेको पनि होइन । पोलिटिक्स र राइटिङको दृष्टिकोणले आफुलाई रुची राखेको केही तथ्याङक खोज्ने गर्छु । मेरो दृष्टिकोण अलि फरक छ । पहिलो कुरा यो छलफलमा हामी राजनितिज्ञलाई बुझाउनु पर्छ भन्ने छ । अल्टिमेट नीति निर्माता उनीहरु हो । मेरो अनुभवमा ९० प्रतिशतमा आर्थिक ज्ञान हुदैन । उनीहरुले बुझ्दै बुझदैनन् । गत चुनावमा नेकपाको घोषणापत्रमा ‘पर क्पापिटा इन्कम’ पाँच वर्षमा पाँच हजार डलर पुर्याउने लेखिएको छ । यो कसरी पुग्छ ? नेपालको पर क्गापिटा इन्कम वृद्धिदर कति छ ? वार्षिक ५० डलर भन्दा छैन । कसले लेख्यो होला, त्यो घोषणा पत्र देखेरै हाँसो लागेको थियो । आर्थिक ज्ञान भएको मान्छे थियो भने उसले त्यस्तो लेख्दैन थियो ।

एक जना पूर्वप्रधानमन्त्रीले भन्नुभयो, ‘घरघरमा ग्याँस पाइप पुग्छ, हनुमान नगरदेखि कोलकत्तासम्म पानी जहाज जान्छ । यसको भिजिलिबिटी के हो ? भन्ने उहाँलाई थाहा भएको भए । या त उहाँलाई थाहा छैन या थाहा भएर पनि मान्छेलाई ढाट्दा हुन्छ भनेर यस्तो भन्नु भएको होला । थाहा पाएर पनि जनतालाई ढाट्न हुन्छ भन्ने सोच राख्नु अनैतिक कुरा हो । थाहा नभएर भनेको हो भने थाहा नपाएको कुरा बोल्नु त फेरी ठिक होइन । म त सुनसरीकै मान्छे हो । कसरी हनुमान नगरबाट कलकत्ता पानी जहाज पुग्ने रहेछ ? खोलामा कति वटा पुल छन् ? कसरी गर्छन् ? यिनीहरुले के भनेका होलान् ?

गएको चुनावमा काठमान्डौको मेयरले मोनोरेल, मेट्रोरेल दुई वटै पाँच वर्षमा बन्छ भन्नुभयो । उँहाले बुझेर भन्नु भयो या नबुझेर भन्नु भयो थाहा छैन । प्रदिप ज्ञवाली त बुझेको मान्छे मानिन्छ यो देशमा । उहाँले पनि महत्व दिएर ट्वीट गर्नुभयो । काठमान्डौमा पाँच वर्षभित्र मोनोरेल पनि बन्दैछ । मेट्रोरेल पनि बन्दैछ । यस्तो खालको ज्ञान भएका नेताहरुसँग के आशा गर्नु ? म राजनीतिमा भएको हुनाले आफै एकपटक क्षमा माग्न चाहान्छु । र, भन्छु हाम्रो देशको नेताहरुलाई आर्थिक ज्ञान दिउँ । हाम्रो अर्थतन्त्रको जुन ढाँचा छ । र, बजेटको जुन ढाँचा छ । यो दुई वटा कुरालाई सँगै लिएर हाम्रो नेपालमा विकास र समृद्धि हुनवाला छ त ? म त देख्दिन ।

नेपालको तथ्याङ्मा अहिले पनि ६२ प्रतिशत मान्छेहरु कृषिमा आश्रित छन् । जीडीपीमा कृषिको योगदान २८ भन्दा कम प्रतिशत छ । म त तथ्याङ्कमा दावी गर्दिन प्रवृत्तिको मात्रै कुरा गर्छु ।

विकसित मुलुकको कुरा गराँै भने कृषिमा ३ दशमलव ५ प्रतिशत मात्र जनसंख्या मात्र छन् । यही जनसंख्याले गरेको कृषि उत्पादनले त्यो देशलाइ खान पुग्छ । निर्यात गर्छ । हाम्रो बजेट संरचनाको आकार जति बढेपनि २०४२ सालदेखि सुनेको बजेट आजसम्म आउँदा दुइ वटा भिन्नता देखेको छु । त्यतिबेला साधारण खर्च र विकास खर्चको मात्र बजेट बनाइन्थ्यो । अहिले चालु खर्च, पँुजीगत खर्च र वित्तिय खर्च भनेर बजेट छुट्याइन्छ । आकार त मात्रात्मक रुपमा जहिले पनि बढाइन्छ । तर दर हेर्दा जहिले पनि एउटै छ ।

६० देखि ६५ प्रतिशतको चालु बजेट, २० देखि २५ प्रतिशत पजुँजीगत खर्चर १० देखि १३ प्रतिशत वित्तिय खर्च हो । यो संरचनामा अहिलेसम्म कतै फरक देख्दिन । यो संरचनाबाट तपाइले गर्न सक्ने खर्च भनेको १ खर्ब होला । यो पनि कुनै कुनै आर्थिक वर्षमा बचेको छ । अहिले यो वित्तीय खर्चको शीर्षक त ठया्कै १ खर्ब छ । हामीलाई ७ देखि ८ खर्ब चालु खर्च चाहिन्छ । बचेको १ खर्ब वित्तीय खर्चमा जान्छ, मैले बुझेको नेपालको बजेट संरचना भनेको यही हो । यो समस्याबाट पँुजीगत संरचना कँहाबाट गर्नुहुन्छ ? रेल बन्न खोज्दैछ, त्यसले धान्छ कि धान्दैन ? पोखरा एयरपोर्ट बन्दै छ ।

त्यसले अपरेटिङ कस्ट निकाल्छ कि निकाल्दैन ? मेरो यसमा बिल्कुलै फरक धारणा छ कुनै पनि देशको पुर्वाधार जुनकुनै मुल्यमा बनाउनु पर्छ । बेसिक पुर्वाधार भनेको दश अथवा बीस वर्षको लागी त हुदैन् नि । युरोप अमेरिकामा आज सबैले ‘न्यू डिल’को आर्थिक संरचनामा रुजबेल्टको आकर्षित कुरा लागेको भनेको उसले त ‘लेवर लोड’को धारणा समेत ल्याएको रहेछ । हामी त पँैसा छापेर मान्छेलाई दिने कुरा गर्छौँ । यसले पहिला मान्छेलाई काम गराउने र उसको कामको लेखा गरेर त्यसको बापत पोष्टपोन्ड गर्ने गर्छ ।

नेपालको कुनै अर्थशास्त्रीले नेपालको कुनै प्रधानमन्त्री या अर्थमन्त्रीलाई यो कुरा भनोस् त हाम्रो लेवर क्यारमबोट खेलेर गाँउमा बसेका छन् । राज्यसँग पैँसा छैन यस्ता जनशक्त्ति परिचालन गर्न ? तपाईं यस्ता कुरा गर्न आटँ गर्नुहुन्न । हामी यस्तो चमत्कार अर्थतन्त्र बनाउन तयार हो कि होइन यो सबै भन्दा ठुलो प्रश्न हो ।

यो कुरा हाम्रो राजनीतिज्ञ, प्रधानमन्त्री र अर्थमन्त्रीलाई कसले बुझाउने त ? हाम्रो अर्थशास्त्रीले मैले अर्थशास्त्र बुझ्दिन भनेर भाषण गर्नुहुन्छ । यस्तो मान्छे अर्थमन्त्री हुने देश न हो यो । ६ वा ७ महिनादेखि देशमा तरलता अभाव छ भनेर थाहा छैन । २० लाख पैँसा बैंकले सजिलो गरी ऋण दिदैन । अर्थमन्त्री भन्नुहुन्छ, ‘पैँसा कँहा गयो खोज्दै छु ?’

यो तरिकाबाट देशमा कुनै ठुलो विकास हुन्छ ? नेपाल बन्छ भन्ने मैलै आशा राख्दिन । आर्थिक धारणा सोच्ने कुरामा नेपालको अर्थतन्त्र सानो छ । अवसर कम छ । गरिब छौँ भन्छौँ । किन सानो छ ? त्यसको उत्तर सरकारले दिनुपर्छ ।

(नेपालको वर्तमान अर्थतन्त्रका विषयमा प्रस्तुत विचारको सम्पादित अंशः)

प्रस्तुती : विपना थापा

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ३२ बजे

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

धनुषा – नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

क्यानडामा नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं– आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन

कूटनीतिक अधिकारीहरूसँग कन्सुल विभागको छलफल

काठमाडौं– कन्सुलर सेवा विभागले नेपालस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ

के हो प्रसव फिस्टुला ?

लामो र कठिन सुत्केरी व्यथापछि महिलाको योनीमार्गबाट लगातार पिसाब, दिसा