एन्फाको विशेष साधारण सभा काठमाडौँमा जारी, निर्वाचन आगामी १५ जेठमा « Khabarhub

एन्फाको विशेष साधारण सभा काठमाडौँमा जारी, निर्वाचन आगामी १५ जेठमा


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ।

सानेपास्थित हेरिटेज गार्डेनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले साधारण सभाको उद्घाटन गरेका हुन्।

साधारण सभामा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो नेतृत्वको कार्यसमिति आएपछि फुटबलमा धेरै काम गरेको बताएका छन्।

‘हाम्रो कार्यसमिति आएपछि धेरै काम भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरुषले २४, महिलाले १२ खेलमा सहभागी जनाएका छन् । प्रशिक्षक, रेफ्रीको तालिम नियमित गरेका छौँ,’ अध्यक्ष शेर्पाले भने।

त्यसैगरी ४ क्लबले एएफसी क्लब लाइसेन्स पाउनुलाई उनले महत्त्वपूर्ण उपलब्धि भनेका छन् । त्यस क्रममा शेर्पाले यस कार्यकालमा नेपाली पुरुष र महिला टोलीले धेरै उपलब्धि हासिल गरेको समेत बताए । ‘साफमा दोस्रो भएका छौँ । थ्री नेसन्स जितेका छौँ । साग गेम्समा स्वर्ण जितेका छौं’ अध्यक्ष शेर्पाले थपे, ‘महिला टोली ४ प्रतियोगितामा दोस्रो भएको छ ।’

साधारण सभामा निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा छलफल हुने बताइएको छ । निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभामा छलफल हुनेछ । एन्फाको निर्वाचन आगामी जेठ १५ गते हुँदैछ।

यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो । तर, एन्फाको १८औँ कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ३० बजे

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

एजेन्सी– परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको

आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा भारतका युवा ब्याटर वैभव

ट्रम्प-नेतन्याहु भेटिरहेकै बेला जब इरानले अमेरिकी सेनामाथि हान्यो ब्यालिस्टिक मिसाइल

तेहरान- इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा