उच्च अदालतमा अभिनेता शाहले दिए पुनरावेदन « Khabarhub

उच्च अदालतमा अभिनेता शाहले दिए पुनरावेदन


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बसहपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले तत्काल पुर्पक्षका लागि थुनामा पठाउने ओदश गरेपछि अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आफूलाई साधारण तारेखमा राखी पाउँ भनी आज मंगलबार पोखरास्थित उच्च अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम पुनरावेदन उनले दिएका हुन् ।

अभिनेता शाहको तर्फबाट कानुन व्यवसायीहरुले ल्याएको निवेदन अदालतमा दर्ता भएको उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले पुष्टि गरे । थुनामा राख्न गरिएको सुरु जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको र अभिनेता शाहलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने प्रतिवादीको जिकिर गर्दै उच्च अदालत पोखरामा पुनरावेदन परेको हो । निवेदन दर्तापछि बुधबार एकल इजलासमा पेस हुने र पक्ष–विपक्षी दुबै तर्फको बहसपछि अदालतले आदेश गर्ने व्यवस्था रहेको सूचना अधिकारी आचार्यले बताए ।

शाहको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले तनहुँ जिल्ला अदालतले थुनामा राख्ने गरेर आदेश बदर गरी तारेखको पुर्पक्ष गरी पाउँ भनेर पल शाहले उच्च अदालत पोखरामा निवेदन पेश गरेको र प्रारम्भिक सुनुवाइ भोलि हुने बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ०९ बजे

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र