इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव « Khabarhub

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा विपक्षी नेता शहबाज शरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । उनको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् ।

‘यस सदनको विश्वास गुमाएपछि प्रधानमन्त्री पदमा रहनुहुन्न’ अविश्वास प्रस्तावमाथि बोल्दै शरिफले भने ।

विपक्षी सांसदहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले खानको गठबन्धनका साझेदारहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । सत्ता गठबन्धनका केही सदस्यहरू खानको विपक्षमा उभिन सक्ने चर्चा समेत रहेको पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

३ सय ४२ सिट रहेको तल्लो सदनमा खान सरकारलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले जनाएका छन् । यसअघि गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता हुने कार्यक्रम थियो । यद्यपि हालैका दिनहरुमा केही संसाद् एवम् शीर्षस्थ नेताको मृत्यु भएपछि शोक मनाएर शुक्रबारको बैठक स्थगित गरिएको थियो । 

अविश्वासको प्रस्तावमाथि बिहीबारबाट बहस सुरु हुने र सात दिनभित्र मतदान हुने डनले जनाएको छ । पछिल्लो घटनाक्रमलाई पूर्व क्रिकेटर समेत रहेका इमरान खानको राजनीतिक जीवनको सबैभन्दा कठिन चुनौतीका रुपमा हेरिएको छ । 

राजनीतिक संकटबीच आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने भए त्यसअघि नै खानले पदबाट राजीनामा दिन सक्ने चर्चा समेत रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, खानले भने आफू नेतृत्वको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र अन्य राजनीतिक दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव विफल पार्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : २५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको