मुगुमा लोकसेवा आयोगको कार्यालय स्थापना गर्न जोड « Khabarhub

मुगुमा लोकसेवा आयोगको कार्यालय स्थापना गर्न जोड


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- प्रदेश लोकसेवा आयोग सुर्खेत अन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् । 

प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयाेजित कार्यक्रमका सहभागिहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगकाे कार्यालय स्थापना भए पनि मुगुमा नभएकाेमा दुखेसाे गरे ।  

मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजारौँ खर्चेर बाहिरी जिल्ला जानु पर्ने अवस्था रहेको उनीहरूकाे भनाइ छ । यही कारण मुगुमै आयोगको कार्यालय स्थापना भए नागरिकलाई राहत हुने प्रमुख जिल्ला अधिकार रोमबहादुर महतले बताए । 

उनका अनुसार अन्य जिल्लाभन्दा मुगुमा निजामती कर्मचारी रहेको र मुगुमा निजामती कर्मचारी बढाउन पनि आयोग कार्यालय स्थापना गर्नु पर्ने बताए ।  

कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सचिव भुपेन्द्र थापाले संघको आयोगले हुम्ला र डोल्पामा परीक्षा केन्द्र राख्ने हुँदा कार्यालय पनि खुलेकाे बताए । सचिव थापाले भने, ‘प्रदेश लोकसेवा आयोग ऐन २०७५ कर्णालीका सबै जिल्लामा कार्यालय स्थापना गर्नेगरी बाटाे खाेलेको छ ।’ 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ३७ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री