राप्रपासँग एकीकरण प्रयासले विवेकशील साझामा विवाद, अध्यक्ष मिश्र अल्पमतमा परेको दाबी गर्दै कार्यालय बन्द « Khabarhub

राप्रपासँग एकीकरण प्रयासले विवेकशील साझामा विवाद, अध्यक्ष मिश्र अल्पमतमा परेको दाबी गर्दै कार्यालय बन्द


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपासँग पार्टी एकीकरणको विषयलाई लिएर विवेकशील साझा पार्टीभित्रको विवाद झडपसम्म पुगेको छ।

अल्पमतमा परेका अध्यक्ष रवीन्द्र मिश्रले राप्रपासँग पार्टी एकीकरण गर्न लागेको भन्दै आज असन्तुष्ट पक्षले पार्टी केन्द्रीयमा नाराबाजी गरे।

पार्टी कार्यालय बखुण्डोलका अध्यक्ष रवीन्द्र मिश्र र संगठन विभाग प्रमुख निर्देश सिलवाल पक्षबीच झडप भएपछि कार्यालय अनिश्चतकालका लागि बन्द गरिएको छ।

यसअघि सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रविन्द्र मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाडिएको थियो ।

विवेकशीलका असन्तुष्ट नेता सिलवालले पार्टीभित्र भएका अन्यायका विषय राख्न खोज्दा रोक्न खोजिएको बताए। उनले पार्टी भित्र अध्यक्ष मिश्र अल्पमतमा परेको र हस्ताक्षर सहित आफूहरुले निर्वाचन आयोगमा जानकारी गराएको दाबी गरे। उनले पार्टीलाई कुनैपनि हालतमा राप्रपाकरण हुन नदिने स्पष्ट पारे।

असन्तुष्ट समूहका तर्फबाट ज्येष्ठ सदस्य भीमप्रसाद अधिकारीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘असक्षम पार्टी अध्यक्ष रवीन्द्र मिश्र विवेकशील साझा पार्टीलाई निरन्तरता दिने पक्षमा छैनन् । उनी पार्टीको आत्मालाई लत्त्याएर विशुद्ध निजी स्वार्थका लागि विवेकशील साझामा प्राप्त राजनीतिक पुँजी राजावादी आन्दोलनमा बुझाउन प्रयत्नशील छन् ।’

असन्तुष्ट समूहको तर्फबाट मिश्रमाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा पनि पत्राचार गरिएको छ । उक्त पत्रमा बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर रहेको नेता अधिकारीले दाबी गरे ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : १८ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री