त्रिकोणात्मक टी–२० क्रिकेटः आजको खेलमा पनि पीएनजी पराजित « Khabarhub

त्रिकोणात्मक टी–२० क्रिकेटः आजको खेलमा पनि पीएनजी पराजित


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेटअन्तर्गत मंगलबारको खेलमा पनि पपुवा न्यूगिनी (पीएनजी) पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले पीएनजीलाई ९ रनले पराजित गरेको हो ।

यसअघि, सोमबार भएको खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो ।

जवाफमा पीएनजी १९ ओभर ३ ओभरमा अलआउट हुँदै १ सय ७२ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि ओपनर भिरनदिप सिंहले ५९ रन, कप्तान अहमद फैजले ५६ रन र साइद अजिज ४७ रन बनाएका थिए । पीएनजीका लागि नोर्मान भनुवाले दुई विकेट लिएका थिए ।

१ सय ८१ रनको चुनौती पाएको पीएनजीका लागि टोनी उराको ५६ रन, नोर्मान भनुवाले ४५ रन, असाद भालाले ११ र सिमोन अटाइको १७ रन बनाएका थिए ।

मलेसियाका लागि सर्भीन मुनिएन्डीले ४ विकेट, महमद वाफीक र पवनदिप सिंहले ३–३ विकेट लिएका थिए ।

काठमाडौँमा नेपाल, मलेसिया र पीएनजीबीच त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट भइरहेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ५७ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको