खुला दोहोरी गीत प्रतियोगिता हुँदै, अश्लिल गाउन नपाइने « Khabarhub

खुला दोहोरी गीत प्रतियोगिता हुँदै, अश्लिल गाउन नपाइने


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्द्धनको लागि यही १६ चैतबाट काठमाडौँको भृकुटी मण्डपको बगैंचामा हुने ‘छैठौँ टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ मा अश्लिल गीत गाउन नपाइने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष रमेश बिजीले प्रतियोगितालाई भव्य र सभ्य बनाउन उत्छृङखल तथा अश्लिल अर्थ लाग्ने शब्दहरु गायनको क्रममा प्रयोग गर्न रोक लगाइएको बताए ।

‘दोहोरी साह्रै फोहोरी भयो भनेर सर्वत्र टिप्पणी आउन थालेकाले दोहोरी सभ्य छ भन्ने संदेश दिन हामीले यो प्रतियोगितामा सभ्य रुपमा दोहोरी प्रस्तुत गर्न लगाउने छौँ ’ अध्यक्ष बिजीले पत्रकार सम्मेलनमा भने । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा संरक्षक अग्रज लोक तथा दोहोरी गीत गायक चन्द्र शर्माको संयोजकत्वमा रहेको निर्णायक टोलीले प्रतियोगीहरुको गीत सुनेर निर्णय गर्नेछ ।

अध्यक्ष बिजीले प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका करिब ७० वटा टोलीले सहभागिता जनाउने बताए । साथै, यसपटक प्रतियोगितामा दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, द्वितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिनुका साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ४५ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला