म्यादी प्रहरी छनौट प्रक्रिया सुरु | Khabarhub Khabarhub

म्यादी प्रहरी छनौट प्रक्रिया सुरु


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ ।

म्यादी प्रहरीका लागि आवेदन दिएकाहरूको शारीरिक तन्दुरुस्ती परीक्षा सुरु भएको हो । अन्य जिल्लामा जस्तै ताप्लेजुङमा पनि आजबाट छनौट प्रक्रिया सुरु भएको छ ।

ताप्लेजुङका लागि ६४७ जना म्यादी प्रहरी माग गरिएको छ । तर १ हजार ६०२ जनाले म्यादी प्रहरी भर्नामा आवेदन दिएका छन् ।

यो माग संख्याको अढाई गुणा बढी हो । शारीरिक तन्दुरुस्ती परीक्षणका लागि उचाइ, तौल साथै दौड, सेटप र बुसप लगायतका स्वास्थ्य प्रारम्भिक स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बुधवार आठ सय जनाको छनौट परीक्षण हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वास्थ्य तन्दुरुस्ती परीक्षणमा सफल उम्मेदवारलाई शुक्रबार लिखित परीक्षा हुने छ । आइतबार लिखितमा सफल हुने उम्मेदवारलाई मौखिक अन्तर्वार्ता हुने छ । सोमबार छनौट सफल भएका उम्मेदवारको अन्तिम नतिजा प्रकाशन हुने जिल्ला प्रहरी कार्यालयले जनाको छ ।

छनौट भएका उम्मेदवारहरूलाई चैत २८ गते प्रशिक्षण हुने छ । म्यादी प्रहरीको कार्यविधि ४० दिनको हुने छ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरूप प्रति म्यादी प्रहरी (एक पटकका लागि) एक हजार रुपैयाँ उपलब्ध हुने छ  । बिमालगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : ३९ बजे

लोकरिझ्याइँको नयाँ नीति तथा कार्यक्रम, पुरानोको अवस्था के छ ?

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज

संसद् रोकेर कांग्रेस सत्तारुढ दललाई फुटाउने दाउमा छ : डोलप्रसाद अर्याल

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

सरकारले पूर्व राजपरिवारको सम्पत्ति खोजबिनलाई निरन्तरता दिने 

काठमाडौं– सरकारले पूर्व राजपरिवारको सम्पत्ति खोजबिनलाई निरन्तरता दिने भएको छ

 सरकारले गाजाको औषधिजन्य उपयोगको नीतिगत व्यवस्था गर्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन

संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने

काठमाडौं– सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८१-८२ को नीति