प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई दोलखामा सम्मान « Khabarhub

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई दोलखामा सम्मान


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई दोलखाको चरिकोटमा सम्मान गरिएको छ ।

पत्रकारितामार्फत लामो समयदेखि जनअधिकारको पक्षमा काम गरेको भन्दै दोलखाको पुरानो र ठूलो शैक्षिक संस्था गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवको दिन पारेर युवा पत्रकार बस्नेतलाई सम्मान गरेको हो ।

प्रमुख अतिथि समाजसेवी एवं क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले दोसल्ला र सम्मानपत्रसहित बस्नेतलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिभन्दा माथि राख्नुपर्ने सुझाव दिए ।

सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धरले क्याम्पसले आजसम्म गरेको प्रगति र भावी योजना समेतबारे जानकारी गराएका थिए ।

काउन्सिल अध्यक्ष बस्नेतको जन्मस्थान समेत दोलखाको भिमेश्वर नगरपालिका–५ विसुन्टोल हो ।

बस्नेतले २०५२ सालमा छलफल साप्ताहिकबाट पत्रकारिता सुरु गरी २०५७ सालमा कान्तिपुर पब्लिकेशनमा प्रवेश गरेका थिए । करिब २० वर्ष कान्तिपुर दैनिकमा सक्रिय पत्रकारिता गरेका बस्नेत ९ महिनाअघि नेपाली मिडिया नियमनकारी निकायको सर्वोच्च पदमा गरेका हुन् ।

त्यसअवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडासहितलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ३६ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ