नेपाल र मलेसियाका मानवअधिकारवादी संस्थाबीच ११ बुँदे समझदारी « Khabarhub

नेपाल र मलेसियाका मानवअधिकारवादी संस्थाबीच ११ बुँदे समझदारी


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र मलेशियाका राष्ट्रिय मानव अधिकार संस्थाहरूबीच आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणार्थ ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग नेपाल र मानव अधिकार आयोग मलेशिया (सुहाकाम) बीच दुवै देशमा रहेका आप्रवासी श्रमिकहरूको मानव अधिकार संरक्षण सम्बन्धमा सोमबार मलेशियामा ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र मानव अधिकार आयोग मलेशियाका अध्यक्ष ओथमान बिन हासिमले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

समझदारीपत्रको अवधि दुई वर्षको हुनेछ ।

समझदारीपत्रमा विशेष गरी आप्रवासी श्रमिकहरूको अधिकार संरक्षणका लागि उजुरीमा सम्बोधन, उजुरी प्रेषण, सूचना आदानप्रदान, रोजगारदाताहरूलाई प्रशिक्षण, प्राविधिक सहयोग, आप्रवासी श्रमिकहरूलाई कानुनी सहयोग, अध्यागमन, कारागार र हिरासत कक्षहरूको संयुक्त अनुगमन गरी अधिकार संरक्षण र प्रवर्द्धनको वातावारण सिर्जना गर्नेलगायतका विषय छन् । समझदारीपत्र लागु गर्न कार्यान्वयन योजना बनाई कार्यान्वयन गर्ने, दुवै आयोगमा सम्पर्क अधिकृत तोक्ने र प्रत्येक ६ महिनामा समन्वय वैठक गर्ने व्यवस्था रहेको छ ।

समझदारीपत्र हस्ताक्षर सम्पन्न गर्नुअघि दुवै पक्षबीच भएको छलफलमा एजेन्टहरूका कारण आप्रवासी श्रमिकहरूले भोग्नु परेका समस्या, मलेशियामा रहेका नेपाली श्रमिकहरूका विभिन्न कारणबाट हुने मृत्यु, आत्महत्या, नेपाली श्रमिक तथा परिवारहरूको न्यायमा पहुँच र अध्यागमन कानुनको प्रक्रियागत सरलीकरणका लागि कानुन पुनरावलोकन जस्ता विषयमा छलफल भएको थियो ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आयोगका सदस्य लीली थापा, का.मु. सचिव मुरारिप्रसाद खरेल, सहसचिव र अन्तर्राष्ट्रिय सम्बन्ध र आप्रवासन अधिकृतको सहभागिता थियो ।

मानव अधिकार आयोग मलेशियाका तर्फबाट उपाध्यक्ष जोसेफ जेराल्ड र अन्य आयुक्त तथा सम्बन्धित विभागका कर्मचारीहरूका साथै नेपाली दूतावास मलेशियाका उपप्रमुख मोतीबहादुर श्रीसलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : १२ बजे

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका

तीन सहकारीलाई अनुदानमा कृषि सामग्री

तनहु– गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले