‘जब सौगातलाई रिसाहा घोडा पर्‍यो’ « Khabarhub

‘जब सौगातलाई रिसाहा घोडा पर्‍यो’


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता सौगात मल्लले फिल्म छायांकनको क्रम घोडासँग बितेको पललाई सम्झिए ।

उनको आउँदो फिल्म मन्त्रको छायांकनको समयलाई सम्झिँदै घोडासँगको रमाइलो किस्सा सेयर गरे । मनास्लु हिमालको छेउमा रहेको गाउँमा फिल्मको छायांकन गर्ने क्रममा सौगातसँगै बुद्धि तामाङलाई घोडा चढेको दृश्य छायांकन गर्नुपर्ने थियो ।
त्यसका लागि उनीहरूले घोडा पाए । त्यसअघि घोडा दौडाएको अनुभव खासै नरहेका सौगातलाई रिसाहा घोडा पर्यो ।

‘मैले चढेको घोडा अलिक रिसाहा किसिमको परेछ । मैले चढेको घोडा सजिलो भन्दा अप्ठ्यारो बाटोमा हिँड्न रुचाउँथ्यो । अझ भनौँ भीर र काँडा भएको बाटोमा हिँड्न खप्पिस रहेछ । मलाइ त्यहाँका मान्छेले सल्लाह गरेर नै खच्चड घोडा पारिदिनु भएको रहेछ’, सौगातले भने ।

यद्यपि बुद्धिको भागमा परेको घोडाले पनि छाडेन । ‘ घोडाले बुद्धिलाई लडाएरै छाड्यो’ सौगातले भने । सौगातले यस्तो किस्सा सुनाइरहँदा बुद्धि हाँसीरहेका थिए । ‘यद्यपि घोडाले पछि मलाइ पहिलो पनि बनायो । म आफैँ छक्क परेँ । किनकी हाम्रो जम्माजम्मी छायांकन नै ७ दिनको थियो’ सौगातले भने ,’त्यति समयमा खच्चड घोडाले मेरो आदेश मान्ने भइसकेको थियो । त्यो देखेर मलाइ घोडा जिम्मा लगाउने पनि छक्क परे ।’ सौगातले यसो भनिरहँदा बुद्धिले आफ्नो त्यो समयलाई सम्झिए ।

आफूलाई घोडाले काँडाघारीमा झारेको स्मरण गर्दै बुद्धिले भने, ‘म चढेको घोडाले मलाई काँडाघारीमा झारिदियो । जसोतसो फिल्म युनिट आउनुभयो र उठाउनुभयो’, बुद्धिले सम्झिए । त्यसबेला सौगात चढेको घोडा भने हिड्न नमानेर पछाडि थियो । बुद्धि लादेपछि सौगातले उनको आवाज सुने । ‘बुद्धिको जस्तो आवाज सुने । तर , त्यहाँ घोडा मात्र थियो । यसो नियालेर हेरेको त बुद्धिको खुट्टा माथि टाउको तल रहेछ’ सौगातले ठट्यौली शैलीमा भने । त्यो समयमा दुख भएपनि अहिले फिल्ममा देख्दा रमाइलो लाग्ने सौगातले बताए । खिलबहादुर गुरुङ निर्देशित फिल्ममा सौगात र बुद्धिसँगै दीया पुन लगायतको अभिनय रहेको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित फिल्मलाई दर्शकले वैशाख १६ मा हेर्न पाउनेछन् । डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउनेछन् । गोर्खा जिल्लाको चुमनुब्री सामागाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ। यसमा नमिता घिसिङ्ग, बिरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्मलाई मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : २६ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती