बागी उम्मेदवारी फिर्ताबारे निर्णय लिन गठबन्धनको बैठक बस्दै « Khabarhub

बागी उम्मेदवारी फिर्ताबारे निर्णय लिन गठबन्धनको बैठक बस्दै


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागी उम्मेदवारी फिर्ता लिने समय घर्किंदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुनेछ । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ ।

११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगर, नगर र गाउँपालिकाका वडामासेमत बागी उम्मेदवारी परेको छ ।

उम्मेदवारी फिर्ता लिने समय आज बेलुकी ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो । तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन सकेको छैन ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ९ : ३८ बजे

सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज