अमेरिकाले युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्ने « Khabarhub

अमेरिकाले युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्ने


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ३३ अर्ब डलरको सहयोग घोषणा गरेका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला राष्ट्रपति बाइडेनले नयाँ सहायताको घोषणा गरेका हुन् ।

उनको सहायता प्याकेजमा २० अर्ब सैन्य सहयोग, साढे ८ अर्ब आर्थिक सहायता र ३ अर्ब मानवीय सहायता समेत रहेको बीबीसीले जनाएको छ ।

उनले यसबारे कांग्रेसलाई आग्रह गर्ने जनाइएको छ ।

‘यो सस्तो छैन ।’ बाइडेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘तर आक्रमण सहेर बस्नु अझ महङ्गो हुनेछ ।’

राष्ट्रपति बाइडेनले युक्रेनमा परिचालित हरेक रुसी ट्यांकलाई मार हान्न १० वटा ट्यांकभेदी हतियार अमेरिकाले सहयोग गरेको समेत जानकारी दिए ।

कठोर बयानबाजीका बावजुद राष्ट्रपति बाइडेनले अमेरिकाले रुसमाथि आक्रमण गरेको हिसाबमा यसलाई लिन नहुने समेत बताए । ‘हामीले रुसी आक्रमणबाट रक्षा गर्न युक्रेनलाई सहयोग गरेका हौँ ।’ बाइडेनले भने ।

यसअघि गत बुधबार रुसी विदेश मन्त्रालयले पश्चिमा मुलुकहरुले युक्रेनलाई हतियार सहयोग गरेको खण्डमा त्यसले युरोपेली महादेशकै सुरक्षामा खतरा उत्पन्न गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १२ : ५९ बजे

हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानी सर्वोच्च नेता खामेनी मारिए, सातदिने सार्वजनिक बिदा र ४० दिने शोकको घोषणा

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी

सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल,

इरानले बन्द गरिदियो होर्मुज स्ट्रेट जलमार्ग

तेहरान – इरानले विश्वमा तेल आपूर्तिको प्रमुख जलमार्गमध्ये एक होर्मुज

इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह