युद्ध रोक्न सुरक्षा परिषद् असफल भएको राष्ट्रसंघ महासचिवद्वारा स्वीकार « Khabarhub

युद्ध रोक्न सुरक्षा परिषद् असफल भएको राष्ट्रसंघ महासचिवद्वारा स्वीकार


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले आफ्नै संगठनको सुरक्षा परिषद युक्रेनमा युद्ध रोक्न असफल भएको स्वीकार गरेका छन् ।

युद्ध अन्त्य तथा शान्ति स्थापनाको पहलस्वरुप युक्रेन भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रसंघ महासचिव गुटरेजले यस्तो बताएका हुन् ।

‘म स्पष्ट हुन चाहन्छ, (यसले) युद्ध रोक्न वा अन्त्य गर्नका लागि असफलता देखायो ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘यो ठूलो निराशा, कुण्ठा र क्रोधको श्रोत हो ।’

विश्वमा शान्ति स्थापना र सुरक्षाको जिम्मा पाएको १५ सदस्यीय सुरक्षा परिषद्ले आक्रमणका विरुद्ध कुनै कदम चाल्न असफल भएको भन्दै यसको चर्को आलोचना हुने गरेको छ ।

सुरक्षा परिषद्को स्थायी सदस्य मुलुक रुसले सुरक्षा परिषद्मा युद्धका विषयमा आएका प्रस्तावमा बेलाबेला आफ्नो विशेषाधिकार भिटो पनि प्रयोग गर्दै आएको छ ।

यद्यपि उनले हार नमान्ने टिप्पणी गरे । ‘म यहाँ राष्ट्रपति र युक्रेनी जनतालाई भन्न चाहन्छु, हामी हार मान्नेवाला छैनौँ ।’

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ५२ बजे

काठमाडौंमा हेराल्ड कलेजको दीक्षान्त समारोह, ९ सय विद्यार्थी दीक्षित

काठमाडौं- हेराल्ड कलेज काठमाडौंले बुधबार वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको

पोखराविरुद्ध काठमाडौंका शाहब आलमको उत्कृष्ट बलिङ, पूरा गरे सिजनकै पहिलो ह्याट-ट्रिक

काठमाडौं- काठमाडौं गोर्खाजका शाहब आलमले नेपाल प्रिमियर लिग एनपीएल सिजन

मेडिकल काउन्सिलको निर्वाचनका लागि तोकियो २१ वटा मतदान केन्द्र

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि देशभर २१ वटा मतदान

एमालेमा प्रतिस्पर्धा गर्न पाइन्छ, चुनाव गर्दैमा समस्या हुँदैन : विष्णु रिमाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको

धवलागिरिमा एक सय २९ योजना छनोट

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने एक