धनगढीमा परिवार दलबाट परेको उपमेयरको उम्मेदवारी रद्द « Khabarhub

धनगढीमा परिवार दलबाट परेको उपमेयरको उम्मेदवारी रद्द


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– समानुपातिकको बन्दसूचीमा नाम समावेश भएको पाइएपछि धनगढी उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ । 

नेपाल परिवार दलको तर्फबाट विकले धनगढीको उपप्रमुख पदका लागि उम्मेदवारी दिएकी थिइन् ।

समानुपातिकको बन्दसूचीमा नाम समावेश भेटिएपछि उनको उम्मेदवारी रद्द भएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

उनका अनुसार धनगढी-५ बाट माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नम्बर ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी एकीकृत समाजवादी की पार्वतीदेवी भाट, वडा नम्बर ६ बाट राप्रपाबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारीसमेत रद्द भएको छ । 

यसैगरी धनगढी-६ को वडाध्यक्षमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका दिलीपराज भण्डारी, वडा नम्बर ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नम्बर १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवी स्नेहीको नामसमेत रद्द गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ३१ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी