रुसको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसी मुद्रा प्रचलनमा ल्याइने « Khabarhub

रुसको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसी मुद्रा प्रचलनमा ल्याइने


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसले आफ्नो रुबल मुद्रा प्रचलनमा ल्याउने भएको छ । रुसी नियन्त्रणमा रहेको दक्षिणी युक्रेनको खेर्सन क्षेत्रमा रुसले रुबल मुद्रा प्रचलनमा ल्याउने भएको हो ।

रुसी नियन्त्रणमा रहेको खेर्सनका सैनिक एवम् नागरिक प्रशासक किरिल स्ट्रेमोसेभलाई उद्धृत गर्दै रुसको रिया नोभोस्ती समाचार संस्थाले जनाएअनुसार आगामी १ मे देखि सो क्षेत्रमा रुबल मुद्रा प्रचलनमा ल्याइनेछ ।

‘मे १ देखि हामी रुबल क्षेत्रमा प्रवेश गर्नेछौँ ।’ उनलाई उद्धृत गर्दै रिया नोभोस्तीले जनाएको छ ।

समाचारमा जनाइएअनुसार चार महिनासम्म सो क्षेत्रमा रुबलका साथै युक्रेनी मुद्रा रिभ्नियालाई पनि चल्न दिइनेछ । यद्यपि चार महिनापछि भने सो क्षेत्रमा रुबलमात्र प्रयोग हुने जनाइएको छ ।

उनको भनाइको रुसी पक्षबाट आधिकारिक पुष्टि हुन भने बाँकी रहेको छ ।

यता युक्रेनी पक्षले भने लामो समयसम्म सो क्षेत्रलाई आफ्नो कब्जामा लिन रुसले यस्तो कदम चालेको टिप्पणी गरेको छ ।

युक्रेनी मानव अधिकारवादी निकायकी लुदमिला डेनिसोभाले यो योजनाको निन्दा गर्दै यसले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुने टिप्पणी गरेकी छिन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै