रुसी आक्रमणमा परी युक्रेनमा रेडियो पत्रकारको मृत्यु « Khabarhub

रुसी आक्रमणमा परी युक्रेनमा रेडियो पत्रकारको मृत्यु


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको राजधानी किभमा रुसी फौजले आक्रमण गर्दा एकजना पत्रकारको मृत्यु भएको छ । रुसी फौजको आक्रमणमा रेडियो लिबर्टीमा कार्यरत रेडियो पत्रकार भेरा हिरिच मारिएको बीबीसीले जनाएको छ ।

रेडियो लिबर्टीले विज्ञप्ति जारी गर्दै जनाएअनुसार रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्र उनी बस्ने घरमा विष्फोट भएको थियो ।

उनले सन् २०१८ देखि रेडियो लिबर्टीका लागि काम गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि किभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणमा एकजनाको मृत्यु भएको बताएका थिए । यद्यपि त्यसबेला उनले मारिनेको पहिचान भने खुलाएका थिएनन् ।

रुसले किभमा आक्रमण गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ । हाल रुसले आक्रमण गरेको स्थानमा उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : २४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी