अफगानिस्तानमा पूर्ववर्ती सरकारका झण्डै ५ सय अधिकारी मारिएको वा बेपत्ता पारिएको खुलासा « Khabarhub

अफगानिस्तानमा पूर्ववर्ती सरकारका झण्डै ५ सय अधिकारी मारिएको वा बेपत्ता पारिएको खुलासा


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता पूर्ववर्ती सरकारको मातहतमा काम गरेका झण्डै ५ सय मारिएको वा बेपत्ता पारिएको खुलासा भएको छ ।

अमेरिकी अखबार न्यू योर्क टाइम्सले प्रकाशन गरेको अनुसन्धानले पूर्ववर्ती सरकारको मातहतमा काम गरेका कर्मचारी, सैनिक, अमेरिकी सैनिक अभियानसँग निकट रहेका गरी झण्डै ५ सय जनाको हत्या वा अपहरण भएको जनाएको छ ।

न्यू योर्क टाइम्सको अनुसन्धानका अनुसार अफगानिस्तानको बाघलान प्रान्तमा मात्रै ८६ जनाको हत्या भएको छ । यसबाहेक कन्दाहार प्रान्तमा मात्रै ११४ जनालाई बेपत्ता पारिएको छ ।

न्यू योर्क टाइम्सका अनुसार तालिबानले आम माफीका नाममा पूर्व सैनिकहरुलाई पहिचान खुलाउन लगाउने र त्यसपछि उनीहरुको हत्या तथा अपहरण गर्ने गरेका छन् ।

यता तालिबानका अधिकारीहरुले भने पूर्ववर्ती सरकारका अधिकारीको हत्या र अपहरण गरेको भन्ने आरोपको खण्डन गरेका छन् । तालिबानले विश्वमा आफ्नो बदनाम गराउनका लागि विपक्षीहरुले दुष्प्रचार गरेको टिप्पणी गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : २० बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काँक्रेविहार– निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारकाविरुद्ध उजुरी दिन सकिने

काठमाडौं– मनोनयन पत्र दर्ता गरी उम्मेदवारको सूचीमा समावेश भएका उम्मेदवारविरुद्ध

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ