धनगढीमा १ मेयर, १० वडा अध्यक्ष सहित २५ जनाको उम्मेदवारी फिर्ता « Khabarhub

धनगढीमा १ मेयर, १० वडा अध्यक्ष सहित २५ जनाको उम्मेदवारी फिर्ता


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– यही वैशाख ३० गते हुने निर्वाचनका लागि धनगढी उप महानगरपालिकामा उम्मेदवारी दिएका मध्य मेयर पदका १, वडा अध्यक्ष पदका १०, वडा सदस्य पदका ९, महिला वडा सदस्य पदका ३ र १ जना दलित महिला सदस्य सहित २५ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार धनगढी उप महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चाकी अञ्जना श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लगेकि छन् । 

यसैगरी वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका १० जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार धनगढी–११ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेशकुमार पन्त, वडा नम्बर–१३ बाट अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भीम सिंह ऐर, १३ बाटै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका गीता कुमारी गौतम, वडा नम्बर–१९ का लागि स्वतन्त्र उम्मेदवारी दिएका खुसी राम चौधरी, जसपाबाट धनगढी–१३ का लागि वडा अध्यक्षमा उम्मेदवारी दिएका कमल धामीले आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट धनगढी–१२ का लागि वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका पदमे कोली, एकीकृत समाजवादी पार्टीबाट धनगढी–५ कालागि उम्मेदवारी दिएका सुजित शर्मा, वडा नम्बर–१४ बाट स्वतन्त्र उम्मेदवारी दिएका हर्कबहादुर धामी, वडा नम्बर–१२ बाट स्वतन्त्र उम्मेदवारी दिएका ऐनबहादुर सिंह र माओवादी केन्द्रबाट धनगढी–१४ का लागि उम्मेदवारी दिएका कृष्णराज गिरीले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लगेको मुख्य निर्वाचन अधिकृत पनेरुले बताए । 

उनका अनुसार पार्टी तथा स्वतन्त्र रूपमा विभिन्न वडामा उम्मेदवारी दिएका ९ जना वडा सदस्य, तीन जना महिला सदस्य र १ जना दलित महिला सदस्यले पनि आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ४२ बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका