असिनाले खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति  « Khabarhub

असिनाले खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति 


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

खोटाङ– वर्षासँगै परेको असिनाका कारण खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति पुगेको छ । 

बुधबार साँझ वर्षासँगै परेको बाक्लो असिनाका कारण ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका,  रावाबेँसी गाउँपालिका लगायतका स्थानमा लगाइएको गहुँ, मकै, आलु, बन्दा, गोलबेँडा, सिमी, फर्सी लगायतका बालीनालीमा क्षति पुगेको हो । 

Avatar

पाकेर भित्र्याउन तयार भएको गहुँको बाला असिनाले हिर्काएर झारेको छ । मकै, आलु, बन्दा लगायतको बोट असिनाले हिर्काउँदा लाछिएर जमिनमा लतारिएको छ । असिनाले मकै पात र आलुको बोट च्यातच्युत पारेर जमिनमा झारेको किसान बताउँछन् । असिनाले बालीनालीमा क्षति पुग्दा उत्पादन घट्नेमा किसान चिन्तित बनेका छन् । 

Avatar

पुनः शुक्रबार परेको असिना पानीले बालीनालीमा थप क्षति पुर्‍याएको छ । क्षतिको विस्तृत विवरण प्राप्त नभए पनि जिल्लाको लेकाली क्षेत्रमा असिनाले बालीनालीमा बढी क्षति पुर्‍याएको जानकारी आएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए । असिनाले फुल्दै र फल्दै गरेको फलफूलमा समेत क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ४७ बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका