असिनाले खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति  « Khabarhub

असिनाले खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति 


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

खोटाङ– वर्षासँगै परेको असिनाका कारण खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति पुगेको छ । 

बुधबार साँझ वर्षासँगै परेको बाक्लो असिनाका कारण ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका,  रावाबेँसी गाउँपालिका लगायतका स्थानमा लगाइएको गहुँ, मकै, आलु, बन्दा, गोलबेँडा, सिमी, फर्सी लगायतका बालीनालीमा क्षति पुगेको हो । 

Avatar

पाकेर भित्र्याउन तयार भएको गहुँको बाला असिनाले हिर्काएर झारेको छ । मकै, आलु, बन्दा लगायतको बोट असिनाले हिर्काउँदा लाछिएर जमिनमा लतारिएको छ । असिनाले मकै पात र आलुको बोट च्यातच्युत पारेर जमिनमा झारेको किसान बताउँछन् । असिनाले बालीनालीमा क्षति पुग्दा उत्पादन घट्नेमा किसान चिन्तित बनेका छन् । 

Avatar

पुनः शुक्रबार परेको असिना पानीले बालीनालीमा थप क्षति पुर्‍याएको छ । क्षतिको विस्तृत विवरण प्राप्त नभए पनि जिल्लाको लेकाली क्षेत्रमा असिनाले बालीनालीमा बढी क्षति पुर्‍याएको जानकारी आएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए । असिनाले फुल्दै र फल्दै गरेको फलफूलमा समेत क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ४७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी