हात्तीको आक्रमणबाट महिलाको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट महिलाको मृत्यु


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा आज हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

हात्तीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ स्थित कैली खोला नजिक आक्रमण गर्दा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ की ५३ वर्षीय कृष्णमाया नेपालीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले बताए । 

दाउरा काट्न गएकी नेपालीलाई कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गरेको गाउँलेले बताएका छन् । घाँस काट्दै गरेकी उनकी साथी भागेर ज्यान जोगाएकी र दाउरा काटिरहेकी कैली भाग्न नसक्दा हात्तीले कुल्चेर मृत्यु भएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिए ।

 मोहनपुरस्थित सुकुम्वासी टोलमा बसोबास गर्ने सुकुम्बासी कैलीका श्रीमान्, छोरा र बुहारी छन् । शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ३० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन