मुस्ताङको लोमान्थाङमा दलित महिला कोटा शून्य | Khabarhub Khabarhub

मुस्ताङको लोमान्थाङमा दलित महिला कोटा शून्य


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उम्मेद्वारको हाडबाजी छ, तल्लो क्षेत्रमा । बल्लबल्ल उम्मेद्वार पाइन्छ हिमालतिर । लोमान्थाङमा उम्मेद्वार नपाएर अघिल्लो कार्यकाल दलित महिला सदस्यको कोटा शून्य भयो । ५ वटै वडामा दलित महिला सदस्य उठेनन् । यसपालि वडा नम्बर ५ मा एमाले र कांग्रेस दुवै पार्टीले उम्मेद्वार उठाएका थिए ।

तर उम्मेद्वारी फिर्ता लिने समयमा उनीहरू दुवै जना चुनावी रेसबाट बाहिरिए । अहिले पनि लोमान्थाङमा दलित महिला सदस्यको कोटा शून्य भएको छ । नेपाली कांग्रेसबाट भिपिक विश्वकर्मा र एमालेबाट धावा पामो ल्होवाले उम्मेदवारी दर्ता गराएका थिए । तर दुवै जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।

उनीहरूले आफ्नो व्यक्तिगत कारण देखाएर फिर्ता लिएका हुन् । उनीहरूले व्यक्तिगत कारणले उम्मेदवारी फिर्ता लिएका हुन् ।

लोमान्थाङमा मात्रै होइन लोमान्थाङका पनि ४ वडामा दलित महिला सदस्य छैनन् । एउटा वडामा एक जनाको मात्रै उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर २ मा टसी ल्हामो सुन्चुरीले मात्रै उम्मेद्वारी दर्ता गरेका कारण उनी सर्वसम्मत निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ९ : ४१ बजे

जनप्रिय युवा क्लब ‘खुला यार्तुङ आर्चरी प्रतियोगिता’को च्याम्पियन

मुस्ताङ– मुस्ताङको मुक्तिनाथमा आयोजित खुला यार्तुङ आर्चरी प्रतियोगितामा आयोजक जनप्रिय

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– २ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा– बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना

पढ्नैपर्ने पर्दा पछाडिको भूटान : टेकनाथ रिजाल खै ?

पर्दापछाडिको भूटान बलराम पौडयालकृत भुटानको इतिहास र संस्मरणको जीवन्त पुस्तक

तुर्कमेनिस्तान भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको  भ्रमण पूरा गरी आज