तनहुँमा प्रमुख पदका १४ जनाले उम्मेद्वारी फिर्ता लिए « Khabarhub

तनहुँमा प्रमुख पदका १४ जनाले उम्मेद्वारी फिर्ता लिए


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा स्थानीय तहको प्रमुख पदका लागि मनोनयन दर्ता गराएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

शुक्रबार जिल्लाका नौ स्थानीय तहको प्रमुखमा उम्मेद्वारी दिएका १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । चार जना उपप्रमुखको उम्मेद्वारले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।

व्यास नगरपालिकाको प्रमुखबाट दुई जनाको उम्मेद्वारी फिर्ता भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जनाए । उनका अनुसार नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयरमा उम्मेद्वारी दिएका शंकरनारायण श्रेष्ठ र  स्वतन्त्र उम्मेद्वारी दिएका वृषराज श्रेष्ठले फिर्ता लिएका छन् ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका एकीकृत समाजवादीका कमल गैरे र जनता समाजवादी पार्टीका पुण्यबहादुर हिराचनको उम्मेद्वारी फिर्ता भएको छ । शुक्लागण्डकीको उपमेयरबाट एकीकृत समाजवादीकी रेखा थापा बस्यालले पनि उम्मेद्वारी फिर्ता लिइन ।

भिमाद नगरपालिकामा कांग्रेसबाट मेयरमा उम्मेद्वारी दिएका निरञ्जन खनालले फिर्ता लिएका छन् । उपमेयरमा एकीकृत समाजवादीको तर्फबाट उम्मेद्वारी दर्ता गराएकी मधुमाय ढकालले पनि फिर्ता लिएकी हुन । भानुको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका हरिबहादुर क्षेत्रीको उम्मेद्वारी फिर्ता भएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट शुसिला नेपाल र स्वतन्त्रबाट हिमालय पौडेल र सुकलाल गुरुङको उम्मेद्वारी फिर्ता भएको छ । घिरिङको अध्यक्षबाट माओवादी केन्द्रका हरिहर अधिकारी, म्याग्देको अध्यक्षबाट स्वतन्त्र उम्मेद्वारी दिएका हिमकुमार मल्ल, बन्दीपुरको अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका मानकाजी श्रेष्ठ र केशव अधिकारीले उम्मेद्वारी फिर्ता लिए । बन्दीपुरको उपाध्यक्षमा एमालेबाट फुलमती थापा र स्वतन्त्रबाट लक्ष्मी गौतमको उम्मेद्वारी फिर्ता भएको छ ।

जिल्लामा स्थानीय तहको प्रमुख बन्ने होडमा ७२ जना र उपप्रमुखको होडमा ५६ जना छन् । शुक्रबारको उम्मेद्वारी फिर्तासँगै प्रमुख पदमा ५८ जना र उपप्रमुखमा ५२ जना चुनावी मैदानमा भिड्नेछन् ।

जिल्लामा आइतबार स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरेर ११५ जनाले उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालय तनहुँले जानकारी दिएको छ । जिल्लाको १० स्थानीय तह र ८५ वडाका लागि कुल एक हजार ७५१ जनाको उम्मेद्वारी परेको थियो । कार्यालयका अनुसार ४६ जना वडाध्यक्ष, ३५ जना वडा सदस्य, महिला सदस्य १२ र दलित महिला सदस्य चार जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : ५९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा