गणतन्त्रात्मक शासन व्यवस्थामा स्वेच्छाचारी प्रवृति देखिनु दु:खद : माधव नेपाल « Khabarhub

गणतन्त्रात्मक शासन व्यवस्थामा स्वेच्छाचारी प्रवृति देखिनु दु:खद : माधव नेपाल


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आव्हान गरेका छन् ।

१५औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाटै समुन्नत र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका हुन् ।

‘जनताको बलिदानपूर्ण संघर्षको फलस्वरुप लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी शासन व्यवस्थासहितको संविधान निर्माणमा सफलता प्राप्त भएको हो । सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएपनि अझै हाम्रो जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन सकिरहेको छैन । राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन ।’ नेता नेपालले भनेका छन् ।

यही व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा पनि स्वेच्छाचारी प्रवृति, निरंकुश तरिका र अहंकारी व्यवहार तथा भ्रष्ट आचरण देखिनु दु:खद हो, नेता नेपालले भनेका छन्। ‘गतबर्ष सार्वभौम जनताको प्रतिनिधित्व हुने प्रतिनिधिसभालाई पटक-पटक विघटन गरी मुलुकलाई पुन: राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएका थिए । जनभावनाको कदर गर्दै संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।’ विज्ञप्तिमा उल्लेख छ।

साथै उनले असंलग्न परराष्ट्र नीति प्रति निष्ठावान रहँदै राष्ट्रको सार्वभौम सत्ता र स्वाभिमानको रक्षार्थ दृढताका साध उभिनु प्रत्येक नेपालीको कर्तव्य र जिम्मेवारी रहेको स्मरण गराएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : १७ बजे

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआउँदासम्म अस्पतालबाट शव नलैजाने अडान

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई