सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : गण्डकीका मुख्यमन्त्री पोखरेल « Khabarhub

सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : गण्डकीका मुख्यमन्त्री पोखरेल


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीसँगै उत्पादन बढाउने र पारदर्शीताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताए ।

गण्डकी प्रदेश सरकार स्थापनादेखि नै सुशासन र समृद्धिका लागि प्रतिबद्ध रहेको वक्तव्यमा भनिएको छ । विसं २०६२/६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावकै कारण नेपालमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले त्यसैको उपलब्धिस्वरुप अहिले मलुकमा सङ्घीय गणतान्त्रिक शासन व्यवस्था कार्यान्वयनमा आएको बताए ।

“पटक-पटकका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको चुलीमा पुर्‍याउनु अहिलेको महत्वपूर्ण जिम्मेवारी हो’, सन्देशमा भनिएको छ ।

भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको र यही वर्षभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आवधिक निर्वाचन नै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उल्लेख गरेका छन् ।

संविधानसभामार्फत बनेको संविधान र त्यसैमा टेकेर बनेका तीन तहका सरकारलाई अझ जनमुखी र प्रभावकारी बनाउने सबैभन्दा ठूलो शक्ति नै राजनीतिक दलहरुको प्रतिबद्धता रहेको भन्दै मुख्यमन्त्रीले ‘कुनै पनि व्यवस्था सफलताको सूचक नागरिक सन्तुष्टि हो । यस सन्दर्भमा नागरिक समाज, निजी क्षेत्र, राजनीति दलसहित सम्पूर्ण देशवासी एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।’ भनेका छन् ।

नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा ज्यान गुमाउने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले घाइते, अपाङ्गता भएकाहरूको स्वास्थ्य लाभको कामनासहित बेपत्ता हुनेका परिवारजनमा सहानुभूति प्रकट गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : २४ बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना