सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : गण्डकीका मुख्यमन्त्री पोखरेल « Khabarhub

सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : गण्डकीका मुख्यमन्त्री पोखरेल


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीसँगै उत्पादन बढाउने र पारदर्शीताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताए ।

गण्डकी प्रदेश सरकार स्थापनादेखि नै सुशासन र समृद्धिका लागि प्रतिबद्ध रहेको वक्तव्यमा भनिएको छ । विसं २०६२/६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावकै कारण नेपालमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले त्यसैको उपलब्धिस्वरुप अहिले मलुकमा सङ्घीय गणतान्त्रिक शासन व्यवस्था कार्यान्वयनमा आएको बताए ।

“पटक-पटकका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको चुलीमा पुर्‍याउनु अहिलेको महत्वपूर्ण जिम्मेवारी हो’, सन्देशमा भनिएको छ ।

भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको र यही वर्षभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आवधिक निर्वाचन नै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उल्लेख गरेका छन् ।

संविधानसभामार्फत बनेको संविधान र त्यसैमा टेकेर बनेका तीन तहका सरकारलाई अझ जनमुखी र प्रभावकारी बनाउने सबैभन्दा ठूलो शक्ति नै राजनीतिक दलहरुको प्रतिबद्धता रहेको भन्दै मुख्यमन्त्रीले ‘कुनै पनि व्यवस्था सफलताको सूचक नागरिक सन्तुष्टि हो । यस सन्दर्भमा नागरिक समाज, निजी क्षेत्र, राजनीति दलसहित सम्पूर्ण देशवासी एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।’ भनेका छन् ।

नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा ज्यान गुमाउने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले घाइते, अपाङ्गता भएकाहरूको स्वास्थ्य लाभको कामनासहित बेपत्ता हुनेका परिवारजनमा सहानुभूति प्रकट गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : २४ बजे

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्ग निर्देशक हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक