जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब « Khabarhub

जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्लिन – फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मनीका चान्सलर ओलाफ सोल्जले राष्ट्रपति पुटिनसँग गरेको ८० मिनेट लामो टेलिफोन वार्तामा यस्तो आग्रह गरेका हुन् । उनीहरु दुबैले ‘तत्काल युद्धविराम र रूसी सेना फिर्ता गर्न जोड दिएको’ जर्मनीको चान्सलरको कार्यालयले जनाएको छ ।

क्रेमलिनका अनुसार रुसी नेता पुटिनले किभसँग पुनः वार्ता सुरु गर्न मस्को तयार रहेको बताए । तर, पुटिन र जेलेन्स्कीबीचको प्रत्यक्ष वार्ताको सम्भावनाबारे भने कार्यलयले केही उल्लेख गरेको छैन् । युक्रेनी राष्ट्रपतिले यसअघि आफू वार्ताका लागि उत्सुक नरहेको बताएका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : ३८ बजे

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह