देश लिलाम हुने स्थितिमा छ : प्रेम सुवाल  « Khabarhub

देश लिलाम हुने स्थितिमा छ : प्रेम सुवाल 


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताएका छन् ।

चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताएका हुन् । उनले शासक तथा ठूला दलको अकर्मण्यताको कारण देशको ऋण बढिरहेको उल्लेख गरे ।  स्थानीय तहको निर्वाचन २०७९ मा चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा सांसद सुवालले देशको अर्थतन्त्र खोक्रो बन्दै गइरहँदा पनि शासक दलहरूले त्यतातिर ध्यान दिन नसकेको बताए ।

स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै उनले ठूला दलहरूले आफू जित्नका लागि सिद्धान्तहीन सम्झौता गरी जनतालाई झुक्याएको समेत बताए । उनले ठूला दलहरूले गठबन्धनको नाममा प्रजातन्त्रविपरीत काम गरेको उल्लेख गर्दै कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा सिद्धान्तमा टिक्न नसकेको चर्चा गरे । नेपाल मजदुर किसान पार्टीले सिद्धान्तविपरीत कुनै काम नगरेको कारण अन्य दलहरूका लागि नेमकिपा चुनौती बनिरहेको सन्दर्भ जोड्दै उनले राष्ट्रियता र सार्वभौमिकता रक्षाको सन्दर्भमा नेमकिपाको जित भएको बताए ।

कार्यक्रममा उनले निर्वाचित जनप्रतिनिधिहरूले देश र जनताको निःस्वार्थ सेवा गर्न, पूर्वाग्रहबिना काम गर्न निर्देशन समेत दिए । उनले पार्टीको सिद्धान्त र विचारबाट विचलित नभई काम गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १२ : १८ बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना