कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै | Khabarhub Khabarhub

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

 सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताए ।  उनका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । 

  विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो । तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरूपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेका छन् ।

यसैबीच कक्षा ११ को परीक्षा पनि सोमबारदेखि नै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने भएका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १२ : ४२ बजे

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन

दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर

सन् १९९० को दशकको सुरुवात, रङ्गभेद नीतिको कारण अन्तर्राष्ट्रिय क्षेत्रले

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।