जातीय विभेदविरुद्ध बनेका वाशिष्ठको ‘द बास्केट’ उत्कृष्ट « Khabarhub

जातीय विभेदविरुद्ध बनेका वाशिष्ठको ‘द बास्केट’ उत्कृष्ट


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडिपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगितामा ‘द बास्केट’ ले पहिलो स्थान हासिल गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा जातीय विभेदलाई निरुत्साहित गर्ने भाव समेटिएको फिल्मलाई आयोजकले २ लाख नगदसहित पुरस्कृत गरेका हुन् । 

दर्शकले पनि मत दिन गरी प्रतियोगितामा सहभागिताका लागि आएका ५६ फिल्ममध्ये २० फिल्मलाई आयोजकले सामाजिक सञ्जालमा उपलब्ध गराएका थिए । यसरी दर्शकको ५० प्रतिशत अंकभार र जुरीको ५० अंकभार जोडी चार विजेता छनोट गरिएको हो । जुरीले सर्ट लिस्ट गरेका २० फिल्मबाट सुरेन्द्र प्रजापतिको ‘शून्य’  दोस्रो भएको थियो भने राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ ले तेस्रो स्थान हासिल गरेको थियो । 

शर्मा क्रिएसनको ‘अछोप’ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । विजेता चार फिल्मसँगै निर्णायकले छानेका १६ फिल्मका सहभागीलाई सहभागिताको प्रमाणपत्र पनि वितरण गरिएको थियो । निर्देशक समाज र युएनडिपीले जातप्रथा र यसको उन्मूलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए । 

कानुन न्याय, तथा संसदीय व्यवस्था मन्त्रालयका सह सचिव फणिन्द्र गौतम, वरिष्ठ निर्माता र निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली , कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडिपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले समितिलाई प्राप्त ५६ फिल्मबाट २० फिल्म छानेका थिए ।  

प्रतियोगितामा दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले  ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।  चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाको सभापतित्वमा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, यूएनडीपी राष्ट्र प्रमुख अस्यानी मेडागनगोडा लेबे, वरिष्ठ चलचित्रकर्मी नीर शाह र कानुन मन्त्रालयका सह सचिव फणिन्द्र गौतम अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा बोल्दै यूएनडीपी राष्ट्र प्रमुख अस्यानी मेडागनगोडा लेबेले यस्ता कार्यक्रमले जातको नाममा हुने भेदभावविरुद्ध जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्नसक्ने अपेक्षा व्यक्त गरेकी थिइन् ।‘ संख्या तलमाथि हुन सक्छ तर ३० लाख देखि ५० लाख मानिस जातको नाममा समान अधिकारबाट वञ्चित छन् । अथवा १ प्रतिशत मात्र पनि हुनसक्छन् तर यसले उनीहरूलाई संविधान प्रदत्त अधिकारबाट पर राखेको छ । यस्ता कार्यक्रमले हामीलाई विभेद नगर्न आँखा खोल्छन्, ’उनको भनाइ थियो, ‘अझ फिल्महरू हेर्दा मलाई के मजा लाग्यो भने यी फिल्मको केन्द्रमा बच्चाहरू छन् । भोलिका दिनमा उनीहरूले नै आफूले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा आफ्नो धारणा बनाउनेछन् ।’

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १ : ०० बजे

महानिर्देशक अर्यालसहित चार जनाविरुद्ध दोस्रो पटक पाँच दिन म्याद थप

काठमाडौं– भ्रष्टाचार आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले