कान्समा ‘लोरी’लाई जुरी स्पेशल मेन्सन अवार्ड « Khabarhub

कान्समा ‘लोरी’लाई जुरी स्पेशल मेन्सन अवार्ड


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालबाट पहिलो पल्ट कान्स फिल्म फेस्टिभलमा अफिसियिल्ली छानिएर इतिहास बनाएको अविनाश विक्रम शाह निर्देशित ‘लोरी’ ले अवार्ड जितेको छ । कान्ससम्मको यात्राकै कारण चर्चामा रहेको ‘लोरी’ ले पुरस्कार जितेपछि नेपाली फिल्मकर्मीहरूले सामाजिक सञ्जाल मार्फत बधाई दिइरहेका छन् । सर्ट फिल्म विधामा पाम डी अरका लागि प्रतिस्पर्धामा रहेको फिल्मले जुरीबाट स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको हो । ‘लोरी’ ले १ सय ४० देशबाट सहभागी भएको ३ हजार ५ सय ७ फिल्मबाट उत्कृष्ट ९ मा ठाउँ बनाएको थियो । १४ मिनेट लामो फिल्मले नेपालको पितृसत्तात्मक समाजमा विद्यामान कुरीतिलाई उजागर गरेको छ ।

फेस्टिभलको अन्तिम दिन प्रदर्शन भएको फिल्मले स्ट्यान्डिंग ओभेसन समेत पाएको थियो । निर्देशक अविनाश विक्रम शाहले नेपालमा विद्यमान बालविवाहलाई कथाको विषय बनाएका थिए । १२ वर्षकी बालिकालाई आमाले शान्त बनाउन लोरी सुनाइरहेकी छिन् । तर लोरी सकिएर बालिका यथार्थमा आउँछिन्, त्यहाँको परिस्थिति बेग्लै छ । मुख्यतया तीन कलाकारको अभिनय रहेको फिल्ममा अंकिता यादव, प्रीति झा र सरिता शाहको अभिनय रहेको छ । कान्समा तीनै जना अनुपस्थित थिए । 

शनिबार साँझ सकिएको कान्सको ७५ औँ संस्करणमा सर्ट फिल्मतर्फको पाम डी अर चिनियाँ फिल्म  ‘दि वाटर मरमर्स’ ले जितेको थियो । यो फिल्मलाई जियाइंग चेनले  निर्देशन गरेकी थिइन् । ‘लोरी’ बाहेक अविनाशको अर्को फिल्म ‘एलिफेन्ट इन दि फग’ पनि कान्सको मेन्टरसिप कार्यक्रममा छनोट भएको थियो । अन्डरग्राउन्ड टाकिजले निर्माण गर्ने यो फिल्मले ट्रान्सजेन्डरको कथा पेश गर्छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १ : ३३ बजे

मुस्ताङमा ५६.४७ प्रतिशत मत खस्यो

मुस्ताङ । मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान

संविधान जोगाउन भूमिका खेलेका राष्ट्रपतिले निर्वाचनपछि सन्तोषको श्वास फेरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

बाजुरामा मतपेटीका सङ्कलन जारी

काठमाडौं- आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको