संघीय संसदमा आज अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै | Khabarhub Khabarhub

संघीय संसदमा आज अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम छ । 

चालू आर्थिक वर्षको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार्वजनिक भएको थियो । वर्तमान सरकार गठन भएपछि प्रतिस्थापन विधेयकमार्फत बजेटमा समावेश केही नीति तथा कार्यक्रम र सीमामा सामान्य हेरेफेर गरिएको थियो । शनिबार मात्रै प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक सर्वेक्षण पनि शनिबार नै सार्वजनिक भएको थियो ।

आर्थिक विकासमा सबैभन्दा पछाडि परेको कर्णाली प्रदेशबाटै प्रतिनिधित्व गर्नुहुने अर्थमन्त्री शर्माले प्रस्तुत गर्न लाग्नुभएको आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।  कोरोनाबाट सामान्य अवस्थामा फर्किन लागेको मुलुकको अर्थतन्त्र रुस र युक्रेन सङ्घर्षका कारण बाह्य क्षेत्र चापमा परेको छ । विदेशी मुद्राको सञ्चिति ओरालो लाग्दै गएका सन्दर्भमा आगामी आवको बजेटमार्फत धेरै विषयमा सम्बोधन गर्नुपर्ने माग चौतर्फीरूपमा उठेको छ । औद्योगिक वातावरण तयार पार्ने, कृषि क्षेत्रको विकास र उन्नयनलाई केन्द्रमा राखेर बजेट तयार पारिएको अर्थमन्त्रालय सम्बद्ध अधिकारीको भनाइ छ । 

यस्तै केही ठूला आयोजनालाई पनि बजेटले सम्बोधन गर्नेछ । बूढीगण्डकी जस्ता आयोजना सरकारले आन्तरिक लगानीमा नै निर्माण सुरु गर्ने तयारी गरेको छ । शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि स्रोतको अभाव नहुने र व्यवस्था गरिसकिएको जानकारी दिए ।  कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना मुलुकको ऊर्जा सुरक्षाका लागि पनि आवश्यक छ । यस्तै पेट्रोलियम पदार्थको निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रवर्द्धन, विद्युतीय चुल्होको प्रयोगमा बढावा दिने, कृषि सिँचाइ तथा सुख्खाटारको सिँचाइलगायतका विषयलाई बजेटले प्रमुख प्राथमिकतामा राखेको छ ।

बजेटको सैद्धान्तिक विषयमा छलफलका क्रममा नै अर्थमन्त्रीले बजेटको प्राथमिकताका बारेमा सामान्य जानकारी दिइसक्नुभएको छ । आन्तरिक खपतका लागि पैठारी नगरे पनि हुने केही वस्तुमा करको दर वृद्धि, करको दायरा विस्तारलगायतका विषयलाई पनि बजेटले सम्बोधन गर्नेछ । शनिबार मात्रै अर्थमन्त्रीले बजेटका विषयमा सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराइसकेका छन् । मन्त्रिपरिषद्को आजै बस्ने बैठकले बजेट पारित गरेपछि अर्थमन्त्रीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने छन्। 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  २ : २० बजे

प्रहरीले भन्यो- काठमाडौंमा गत वर्ष १२ हजार ९ सय १५ अपराधका घटना दर्ता

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा

मन्त्रालयको काम प्रभावकारी बनाइएको छ : उद्योगमन्त्री

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सङ्घ, प्रदेश र

संसद्‍मा उर्जामन्त्रीको जवाफ- विद्युत् उत्पादनलाई निरन्तरता दिएका छौँ, लोडसेडिङको कुरा निरर्थक

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको

बाँकेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

बाँके– राप्ती सोनारी गाउँपालिका-२ मुगुवा खोला नजिकै सडकमा ना.५ ख ३६१०

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी छ : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण