‘पाइलटको फोन लागिरहेको छ, जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ पहिचान’ « Khabarhub

‘पाइलटको फोन लागिरहेको छ, जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ पहिचान’


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा-  सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ ।

जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए । अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन । अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘दुई सम्भावित ठाउँ पहिचान भएका छन् । ती ठाउँमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकोप्टरमार्फत खोजी गर्ने तयारी गरिरहेका छौँ,’ अध्यक्ष गौचनले भने, ‘पाइलटको फोन लागिरहेको छ । त्यसलाई पनि ट्रेस गर्ने काम भइरहेको छ । मौसममा सुधार आएपछि खोजी कार्य हुन्छ ।’

-न्युज कारखाना

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  २ : २६ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर