लक्ष्मीनाथलाई ‘दीर्घ साधना सम्मान’ « Khabarhub

लक्ष्मीनाथलाई ‘दीर्घ साधना सम्मान’


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित चलचित्र निर्देशक समाजको साधारण सभामा लक्ष्मीनाथ शर्मासँगै आधा दर्जन फिल्म निर्देशक सम्मानित भएका छन् ।   लेखक तथा निर्देशक शर्मालाई दीर्घ साधना सम्मानद्धारा सम्मानित गरिएको हो ।  भारतको पुनामा रहेको फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक निर्देशक शर्माले  ‘बदलिँदो आकाश’ बाट निर्देशन यात्रा सुरु गरेका थिए । उनले अहिलेसम्म १३ वटा फिल्म निर्देशन गरेका छन् । 

१४ औँ साधारण सभाको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा निर्देशक शर्माले लामो समयदेखि गरेको योगदानका लागि सम्मान गरिएको चलचित्र निर्देशक समाज निर्मित सम्मानपत्रमा उल्लेख गरिएको थियो । 

यसै गरी कार्यक्रममा मध्यम पुस्ताका निर्देशकलाई पनि उनीहरूले गरेको कामका लागि सम्मान गरिएको थियो । यसरी सम्मान पाउनेमा केपी पाठक, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, मदन घिमिरे, सुचित्रा श्रेष्ठ र मिलन चाम्स थिए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  २ : ४७ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२