गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि…. « Khabarhub

गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि….


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहार- भारतको पूर्वीबिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु पर्‍यो ।

सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे । बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस्याको सामना नगरेकोले के कारणले बत्ती काटिएको छ भन्ने कसैलाई थाहा भएन ।

आक्रोशित गाउँलेले बत्ती नआउने समयलाई ध्यान दिन थाले । साँझ परेपछि सधैँ बत्ती जाने गरेको उनीहरू निष्कर्षमा पुगे । एक दिन बिजुली गएको समयमा गणेशपुरका धेरै बासिन्दाहरूले गाउँको गस्ती नै गरे । गस्ती गर्दै जाँदा तिनीहरू गाउँको विद्यालयको आँगनमा पुगे, जहाँ उनीहरूले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका प्रेमी र प्रेमिका देखे ।

ती प्रेमी पेसाले इलेक्ट्रिसियन भएको र आफ्नो सुमधुर प्रेमलाई गोप्य राख्न उनले हरेक दिन साँझ दुई तीन घण्टा विद्युत कटौती गर्ने गरेका थिए । आफ्नी प्रेमिकालाई भेट्न चाहेको बेला पूरै बस्तीको बिजुली काटिदिएको स्वीकार गरेपछि ती टेक्निसियनलाई गाउँलेले कुटपिट गरेर सडकमा परेड गराएका थिए ।

सौभाग्य उनको कथाको सुखद अन्त्य हुन्छ । गोप्य रोमान्सको बारेमा थाहा पाएपछि गाउँका बुढापाकाले उनीहरूलाई विवाह गर्न अनुमति दिएका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ३ : १५ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान