स्थानीय तह निर्वाचन : माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित  « Khabarhub

स्थानीय तह निर्वाचन : माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित 


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का ५ हजार ४५ जना जनप्रतिनिधि देशका विभिन्न पालिकामा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते गरेको स्थानीय तह निर्वाचनमा हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरूमा उक्त सङ्ख्यामा माओवादीका उम्मेदवार विजयी बनेका हुन् । पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरू निर्वाचित भएका हुन् ।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन भएको थियो । निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

आयोगका अनुसार प्रमुखमा २५, अध्यक्षमा ९६, उपप्रमुखमा ३३, उपाध्यक्षमा ९५, वडाध्यक्षमा १ हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र सदस्यमा १ हजार ८०७ जना माओवादीका उम्मेदवार विजयी बनेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ३ : ५४ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी