स्थानीय तह निर्वाचन : माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित  « Khabarhub

स्थानीय तह निर्वाचन : माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित 


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का ५ हजार ४५ जना जनप्रतिनिधि देशका विभिन्न पालिकामा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते गरेको स्थानीय तह निर्वाचनमा हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरूमा उक्त सङ्ख्यामा माओवादीका उम्मेदवार विजयी बनेका हुन् । पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरू निर्वाचित भएका हुन् ।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन भएको थियो । निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

आयोगका अनुसार प्रमुखमा २५, अध्यक्षमा ९६, उपप्रमुखमा ३३, उपाध्यक्षमा ९५, वडाध्यक्षमा १ हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र सदस्यमा १ हजार ८०७ जना माओवादीका उम्मेदवार विजयी बनेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ३ : ५४ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र