सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : प्रवक्ता कार्की « Khabarhub

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : प्रवक्ता कार्की


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सिआइएन) को १३ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका उनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे ।

मन्त्री कार्कीले नेपाली पत्रकारिता क्षेत्रलाई निष्पक्ष, सन्तुलित, भरपर्दो र सत्यतथ्यमा आधारित विश्वसनीय सञ्चार माध्यमको रुपमा विकास गर्दै समाज परिवर्तनको मुख्य माध्यम बनाउनुपर्नेमा समेत जोड दिए । उनले भने, “सामुदायिक एफएम रेडियोले खासगरी आधुनिक कृषि, पर्यटन र जलस्रोतलगायत स्थानीय उत्पादन र त्यसको प्रवर्द्धनलाई बढवा दिने गरी प्रसारणमा जोड दिनुपर्ने छ, त्यसका लागि सामुदायिक रेडियोलाई आन्तरिक र राष्ट्रिय एकतासाथ बलियो बनाउनुपर्छ ।” मन्त्री कार्कीले सामुदायिक एफएम रेडियोले चेतनामार्फत समाज परिवर्तनमा अतुलनीय योगदान पुर्‍याएकामा प्रशंसा गर्दै आगामी दिनमा समृद्ध नेपाल निर्माणका लागि अझै सकारात्मक भूमिकाको अपेक्षा गरे।

अकोराबका पूर्वअध्यक्ष मीनबहादुर शाहीले प्रसारण प्रणालीको सुधार हुने गरी आमसञ्चार नीति तथा ऐन-कानुन निर्माण हुनुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले विश्वसनीय  पत्रकारिता गर्न आग्रह गरे ।

कार्यक्रममा शिक्षाविद् डा विद्यानाथ कोइराला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारी, शिक्षा सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टा, निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मापौडेल, विश्लेषक जैनेन्द्र जीवन, सङ्क्रामक रोग विशेषज्ञ  डा शेरबहादुर पुन, प्राध्यापक ध्रुव घिमिरे र वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीलाई सम्मान गरिएको थियो ।

(अकोराब)को यस वर्षको ‘स्वयंसेवक सामुदायिक पत्रकार पुरस्कार’ ललिता हायु (रेडियो सिद्धबाबा, सिन्धुली), ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार’ महिलातर्फ शोभा हुमागाईं (रेडियो रोशी काभ्रे), र पुरुषतर्फ भुवन रायमाझी (रेडियो मुक्तिनाथ, पाल्पा) र सोही पुरस्कार सीआइएन आन्तरिकतर्फ सुशीला श्रेष्ठलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ४ : १६ बजे

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,