प्रदेश नं १ को नाम ‘किराँत सगरमाथा’ राख्न आग्रह « Khabarhub

प्रदेश नं १ को नाम ‘किराँत सगरमाथा’ राख्न आग्रह


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ ।

किराँत धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘किराँत आश्रम माङसेबुङ, इलामद्वारा आज मोरङमा आयोजित पत्रकार सम्मेलनमा पाँच हजार वर्ष अगाडि महाभारतकालीन इतिहासमा ‘किराँत’ उल्लेख भएको हुनाले यस प्रदेशको नामकरण ‘किराँत सगरमाथा’ राख्नुपर्नेमा जोड दिइएको हो ।

धर्मगुरुका निजी प्रवक्ता डिल्लीराम चाम्लीङले किराँत प्राकृतिक, भौगोलिक, सांस्कृतिक सबै दृष्टिकोणले उत्कृष्ट रहेकोले सोही नाम राखेमा सम्पूर्ण प्रदेशवासीको अपनत्व हुने विचार व्यक्त गरे ।

किराँत राई समाजका दशरथ रुम्दालीले प्रदेशको नामाकरण नहुँदा यस क्षेत्रका जनता समस्यामा परेकाले अविलम्ब उत्कृष्ट सभ्यताको किराँत र विश्वको सर्वोच्च शिखरसहितको संयुक्त नाम राख्नु उत्तम हुने धारणा व्यक्त गरे ।

समाजसेवी धनराज मेयाङवोले पनि किरात सभ्यता विश्वमा पहिचान र सबै धर्मसंग सम्बन्धित रहेकाले ‘किराँत सगरमाथा’ प्रदेश नै नामकरण गर्न सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ४ : २८ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन