बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान « Khabarhub

बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेको छ ।

आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेस गरेका हुन्।

यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको उनले बताए। कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उनले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गरे।

अर्थमन्त्री शर्माले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको जानकारी गराए।

बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बुझिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ४ : ३२ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा