शहीद स्मारक सी डिभिजन लिगमा महावीरको छैटौँ जित « Khabarhub

शहीद स्मारक सी डिभिजन लिगमा महावीरको छैटौँ जित


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा महावीरले छैटौँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा महावीरले ओएसीस क्लबलाई ३–० को गोलअन्तरले पराजित गरेको हो । महावीरको जितमा रोमन तामाङले २ तथा सुरज थारुले १ गोल गरे । खेलको २१ औँ मिनेटमा सुरजको गोलले महावीरले अग्रता लियो । 

खेलको ३५ औँ मिनेटमा महावीरको लागि रोमनले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । ७९ औँ मिनेटमा महावीरले पाएको पेनाल्टीमा रोमनले दोस्रो गोल गर्न सफल भए । महावीरका सन्दीप थारु म्यान अफ द म्याच’ घोषित भए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ५ : १३ बजे

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,