रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजित « Khabarhub

रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजित


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत उक्त कुरा बताएका हुन् । पूर्वपश्चिम रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताए । वीरगन्ज-काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने उनको भनाइ छ ।

विराटनगर-धरान, पथलैया-वीरगन्ज, भैरहवा, बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने उनको मन्त्री शर्माले बताए । जयनगर-जनकपुर-कुर्था यातायात रेल सेवा विस्तार गरी विजयपुरसम्म यातायात सञ्चालन गरिने उनको भनाइ छ ।

विजयपुरा बर्दिबास र विराटनगर खण्डमा जग्गा प्रक्रियाका लागि स्रोतको प्रबन्धन मिलाएको उनको भनाइ छ । विर्तामोड-जलेश्वर-जनकपुर रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिनेछ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ६ : १८ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा