टिपर दुर्घटना अपडेट : चारै जनाको पहिचान खुल्यो « Khabarhub

टिपर दुर्घटना अपडेट : चारै जनाको पहिचान खुल्यो


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको मध्य नेपालमा  दुर्घटना हुँदा मृत्यु भएका चार जनाको  पहिचान खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सोही टिपरका चालक अन्दाजी २७ वर्षीय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने रहेका छन् भने अन्य दुई जना सल्यान कुमाख गाउँपालिका बस्ने अन्दाजी वर्ष २२ का पारस शाह र गोरखा नगरपालिका १२ बस्ने अन्दाजी वर्ष २४ का वर्षीय रविन्द्र सेढाई रहेका छन् ।

मध्यनेपाल नगरपालिका वडा नम्वर ७ कोईलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर आइतबार साढे ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि टिपर चालक सहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।

उक्त टिपर मध्यनेपाल नगरपालिका ७ कल्याण बेसीबाट बतासे चोकतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको अवस्थामा सडकबाट करिब ३० मिटर तल खसेको हो ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो । सडक उकालो कच्ची साँघुरो सडक लोड बढी भई टिपर ब्याक भएर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ६ : ४८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको