‘एक अस्पताल, एक चिकित्सक’    « Khabarhub

‘एक अस्पताल, एक चिकित्सक’   


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षदेखि ‘एक चिकित्सक, एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९र८० को बजेट प्रस्तुत गर्दै दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेको कर्मचारी र स्वास्थ्यकर्मी उत्प्रेरित गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे।

गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धन गर्नका लागि लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको सप्तरीमा चिकित्सा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ‘सुपरस्पेसियालिष्ट स्पेसिलिटी’ स्वास्थ्य सेवासहितको अस्पालत निर्माण गरिने उनले बताए । यस्तै सिकलसेल, एमोनिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गरिने छ ।

ट्रमा सेन्टर    

रुपेन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ ।

क्यान्सरको रोगको निदान गरी स्वदेशमा नै उपचार गर्नका लागि पेट स्क्यान मेसिन तथा साइकोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न रु ५० करोड रकम विनियोजन गरिएको उनले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने बजेटमा राखिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अङ्ग प्रत्यारोपणसम्बन्धी विशेषज्ञ उत्पादन गर्ने सक्षम प्रतिष्ठानको रूपमा विकास गरिने उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ७ : ३३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन