मदिरामा कर बढ्यो, कुनमा कति ? « Khabarhub

मदिरामा कर बढ्यो, कुनमा कति ?


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मदिराजन्य पदार्थमा मूल्य बढाएको छ ।  आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले बियरमा प्रतिलिटर ३० रुपैयाँले कर बढाएको बताएका हुन् ।

आर्थिक वर्ष २०७९/८० देखि अन्त:शुल्कमा ३० रुपैयाँले थप गरी २२८ रुपैयाँ बनाइएको छ । यसअघि प्रतिलिटर १९८ रुपैयाँ शुल्क लाग्दै आएको थियो ।

यस्तै अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ  भने इनर्जी डिङ्क्रसमा ३६ रुपैयाँबाट बढाएर ५० रुपैयाँ बनाइएको छ ।

त्यसैगरी सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकेजी २८१ रुपैयाँबाट बढाएर ३५० रुपैयाँ पुर्‍याइएको छ भने सुर्तीजन्य पान मसलामा प्रतिकेजी ८१२ रुपैयाँबाट बढाएर ८१२१ रुपैयाँ बनाइएको छ ।

सरकारको बजेट भाषणअनुसार अनडिनेचर्ड इथायल अल्कोहलमा प्रतिलिटर ७० रुपैयाँमा १० रुपैयाँले बढाएर ८० रुपैयाँ कायम गरिएको छ भने वाइनमा पनि प्रतिलिटर १९८ रुपैयाँबाट बढाएर २२८ रुपैयाँ बनाइएको छ ।

त्यसैगरी ४२.८ प्रतिशत अल्कोहल भएको हकमा १ हजार १८८ रुपैयाँबाट बढाएर १ हजार ३०६ रुपैयाँ पुर्‍याइएको छ भने ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १ हजार ५ सय ९२ रुपैयाँबाट १ हजार ७५० रुपैयाँ बनाइएको छ ।

त्यसैगरी ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा १ हजार १०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ बनाएको छ ।

अन्य मदिराको हकमा आगामी आर्थिक वर्षदेखि १ हजार ५९२ रुपैयाँ भएकोमा १ हजार ७५० रुपैयाँ बनाइएको छ । साथै, ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर १९८ रुपैयाँलाई बढाएर २२८ रुपैयाँ बनाइएको छ ।

३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५ सय ५५ रुपैयाँ रहेकोमा अब ६ सय १० रुपैयाँ बनाइएको छ भने २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ४५० रुपैयाँबाट ४७२ रुपैयाँ पुर्‍याइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १० : ४१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन