निजगढ विमानस्थल निर्माण रोक्ने निर्णय पुनरावलोकन नभएसम्म बारामा आन्दोलन जारी रहने « Khabarhub

निजगढ विमानस्थल निर्माण रोक्ने निर्णय पुनरावलोकन नभएसम्म बारामा आन्दोलन जारी रहने


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा आइतवार साँझ निजगढमा स्थानीय युवाहरुले मशाल जुलुस प्रदर्शन गरेका छन् ।

स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मन्चको आयोजनामा युवाहरुले निजगढस्थित पूर्वपश्चिम लोकमार्गको विभिन्न स्थानबाट मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

मशाल जुलुस नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएपछि युवाहरुले नगरका विभिन्न स्थानबाट मशाल निकालेका हुन । उनीहरुले निजगढस्थित बुद्ध चोक, शहिद चोक र लायन्स चोक लगायका स्थानबाट छड्के जुलुस निकालेका हुन् ।

मशाल जुलुसपछि भएको कोषसभालाई सम्बोधन गदै बाराका नेता तथा निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले सर्वोच्चले त्रुटिपूर्ण निर्णय गरेर विकासमा अवरोध गरेको भन्दै जिल्लामा बन्ने राष्ट्रिय महत्व बोकेको गेमचन्जर योजनामाथि अकल्पनीय ढंगले अदालतबाट आदेश हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन । उनले अन्तर्राष्टिय विमानस्थल निर्माणको चर्चाले तराईवासीमा बढेको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुसारापात गरेको बताए ।

यस्तै सभालाई सम्बोधन गदै पूर्वमन्त्री एवं एमाले नेता पुरुषोत्तम पौडेलले भने, ‘विमानस्थल बन्न नदिन दक्षिण (विदेशी)को इसारामा भएको आदेशको प्रतिवाद गर्नु सबै देशभक्त नेपालीको कर्तब्य हो र सर्वोच्चको आदेश विकास विरोधी फर्मान हो,’ पूर्वमन्त्री एवं एमाले नेता पौडेलले भने ।

‘यसले देश र खासगरी मधेस प्रदेशलाई नै बर्वाद पार्छ । भएका निर्णय बदर गर्नु, अर्को ठाउँमा ब्यवस्थापन गर्नु भन्नुभन्दा अदालतले नै देश सञ्चालन गर्नुपर्ने आवस्था आयो । यो निर्णयले मधेस प्रदेशलाई नै असर पारेको छ,’ पूर्वमन्त्री एवं एमाले नेता पौडेलले भने ।

यसअघि आइतवार बिहान युवा तथा विद्यार्थीहरुले शहिद चोकमा धर्ना र चक्का जाम गरेका थिए । चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका थिए । धर्नामा सहभागीहरुले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।
कार्यक्रममा सहभागीहरुले सर्वोच्च अदालतको निर्णय पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने सहभागी ईराज कोइरालाले बताए ।

त्यसैगरी निजगढ सरोकार समितिको आइतवार बसेको बैठकले सर्वोच्चको निर्णय पुनरावलोकन नभए आगामी १८ गते बुधवार निजगढ बजारमा विरोध प्रदर्शन गर्ने भएको छ । समितिका संयोजक एकबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विमानस्थलन निर्माण विरुद्ध सर्वोच्च अदलतको फैसला पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

उता, काठमाडौं बस्दै आएका निजगढबासीले आइतबार दिउँसो पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । निजगढ विकासप्रेमी समूहको नाममा काठमाडौं विभिन्न पेसा र व्यवसाय गर्दै आएकाहरुले अदालतको निर्णयविरुद्ध प्रदर्शन गरेका हुन्।

सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरुले प्रदर्शन गरेको हाल काठमाण्डौं बस्दै आएका बाराका युवा नेता दामोदर मैनालीले बताए । अदालतले फैसला नसच्चाए थप आन्दोलन गर्ने घोषणा मैनालीले गरे ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ११ : ०९ बजे

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या